शुशिलाले ल्याइन् आफ्नो जन्मदिनमा ‘सानीलाई’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका शुशिला पाठकले आफ्नो जन्मदिनको अवसर पारेर ‘सानीलाई’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनले आफैले अभिनय गरेको गीतको भिडियो पनि सार्वजनिक गरेकी हुन् ।</p><p style="text-align: justify; ">समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु,&nbsp; संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् । शुशिलालाई उनका गुरु तथा बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।</p><p style="text-align: justify; ">गायिका पाठकले आफुलाई यो गीतले अघि बढ्नमा निकै सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् । आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले बताइन् । कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीत बिशाल पौडेलेले एरेन्ज गरेका हुन् भने भिडियोमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/EP55JBXDxGI" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>