टिमसहित बेलायत जाँदै निर्देशक ऋषि

फागुन, काठमाडौं ।

नेपाली चलचित्रको क्षेत्र पनि फराकिलो हुँदै गएको छ । पछिल्लो समय निर्माण हुँदै आएका चलचित्रहरु मध्ये अधिकांश बिदेशमा पनि छायांकन हुन थालेका छन् । चलचित्रको केहि प्रतिशत बिदेश र केहि नेपालमा छायांकन भएका अधिकांश चलचित्र रुचाइएको पनि छन् । केहि चलचित्र त पुर्णरुपमा बिदेशमा छायांकन गरिएका पनि छन् । पछिल्लो समयकै कुरा गर्दा नायक अनमोल केसी स्टारर चलचित्र ‘कृ’ टिम पनि प्रदर्शनको एकसाता अघिमात्रै स्कटल्याण्ड गएर एक गीतको छायांकन गरि फर्किएको थियो । त्यस्तै निर्देशक मिलन चाम्सको ‘लिलिबिली’ बेलायतमा छायांकन सकाएर फर्किएका छन् । यस्तै अर्का निर्देशक ऋषि न्यौपाने पनि आफ्नो नयाँ चलचित्र छायांकनका लागि बेलायत जाने तरखरमा छन् ।

औपचारिक कार्यक्रम नगरि नाम खुलाउन नचाहेका न्यौपानेको उक्त चलचित्रको अहिले गीत रेकडिङको कार्य भइरहेको छ । छायांकनका लागी बेलायतका उपयुक्त स्थान हेरेर केहिसमय अघि फर्किएका न्यौपाने अहिले छायांकन अनुमति प्रक्रिया छन् । ‘छिट्टै सबै प्रक्रिया सकाएर टिम सहित बेलायत लाग्ने छु’ निर्देशक न्यौपानेले भने ।

‘मेरो राजेश दाइ’, ‘जाल, भविष्य’, ‘डन’, ‘धनवान’ सहित दुई दर्जन माथीका चलचित्र निर्देशन गरेका न्यौपाने दर्शक र समयको माग अनुसार चलचित्र छायांकनका लागि बिदेश जान लागेको बताए ।उनले  बिदेश छायांकन गर्ने चलचित्रको लेखन कार्य अहिले अन्तिम चरणमा रहेको छ । लेखन सकिएपछि नाम र कलाकार फाइनल गरेर छायांकनमा निस्कने उनको योजना रहेको छ । चलचित्रमा केही नेपाली र केहि बेलायती कलाकार रहने उनले बताए ।

गैंडाकोट नवलपरासीबाट डेढ दशकअघि काठमाडौं छिरेका ऋषिले नेसनल फिल्म स्टुडियोबाट निर्देशन बिधामा डिप्लोमा पूरा गरेका छन् । खलनायक, टक्कर दुई मुटु, डन लगायत ब्यवसायीक रुपमा ५१औ दिनको रेकर्ड बनाउन सफल चलचित्रका निर्देशक न्यौपाने नयाँ चलचित्र नयाँ बर्ष भित्र रिलिज गर्ने बताउँछन् ।