रेखा थापाले ‘लाल मस्तिष्क’ बनाउने

फागुन, काठमाडौं ।

अभिनेत्री रेखा थापाले होम प्रोडक्सनबाट ‘लाल मस्तिष्क’ नामक नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । सम्झना रौनियारले निर्देशन गर्ने भनिएको यो चलचित्रमा  रेखा स्वयम मुख्य भूमिकामा प्रस्तुत हुँदै छिन् ।

हितैषी रेखा र सम्झनाले पहिलो पटक चलचित्रमा सहकार्य गरेका हुन् । उसो त सम्झनाले निर्देशन गरेका यसअघिका दुई चलचित्र मेघा र फागुमा सुरुमा रेखालाई नै खेल्न प्रस्ताव गरिएको थियो । जेठको पहिलो सातादेखि छायांकन सुरु हुने रेखाको ‘लाल मस्तिष्क’मा रामशरण उप्रेतको छायांकन, सुरेश अधिकारीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । द्धन्द्ध निर्देशन राजकुमार उप्रेतीले गर्नेछन् । स्क्रिप्ट शिवम अधिकारीको हो ।

निर्माताको रुपमा आमा सरस्वती थापा, रेखाकी माइली दिदी तारा थापा र नर कार्की रहेका छन् । फरक शैलीको ‘रुद्रप्रिया’ बनाएकी रेखा आफ्नै टिमलाई लिएर मुलधारको ‘लाल मस्तिष्क’ बनाउन लागेकी हुन् । आउँदो सालको तिहारमा फिल्म प्रदर्शन गर्ने घोषणा समेत गरिएको छ ।