शिलास्मा बनिन् ब्युटिसियन नेपाल

फागुन, काठमाडौं ।

शिलास्मा मल्लले ‘ब्युटिसियन नेपाल’को चौथो संस्करणको उपाधि हात पारेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘ब्युटिसियन नेपाल २०१८’ मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी हुन् । उपाधी सँगै मल्लले बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन ।

अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य र ब्युटिसियनहरुलाई सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता ‘युटिसियन नेपाल’ को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक च्वाइस अवार्ड र बेस्ट ट्यालेन्ट बिजेता शिलास्मा मल्लले नै हात पार्न सफल भईन् । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट पर्सानालिटीमा मिट्ठु महर्जन, बेस्ट फोटोजेनिक प्रतिक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गंगा खड्का, मस्ट पंचलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री , मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस्समा सुनिता पोखरेल, मस्ट स्मार्टमा सविना चित्रकार, मस्ट चार्मिङमा सम्झना शेर्पा, मस्ट एक्टिभमा लिना खेबाङ सुब्बा, मस्ट स्टाईलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात परेका थिए ।

कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कोरियोग्राफर कला सुब्बा थिए । त्यस्तै अन्य निर्णायकहरुमा मिस नेपाल २००० उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ बिजेता गोमा अधिकारी थिइन् ।