खड्गीलाई जेल चलानको अनुमति

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गएको माघ २५ गते काठमाडौंको ठमेलबाट मानव तस्करीको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई शुक्रवार कारागार चलानको लागि अनुमति दिएको हो । न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको हो । कलाकार खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको अनुसन्धानमा खुलेको हो । खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको देखिएको हो । प्रहरी हिरासतमा रहेका बेला खड्गीले उनीहरूलाई कोरिया लगेको स्वीकार गरेका थिए । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीले बयानमा भनेका थिए । खड्गीलाई अहिले केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।<br></p><div style="text-align: justify; "><br></div>