भोजपुरी फिल्मका सुपरस्टारको होली कार्यक्रममा तोडफोड

फागुन, जनकपुर ।

भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआ सहभागी भएको होली कार्यक्रममा तोडफोड भएको छ । जनकपुरको तिरहुतिया गाछीमा गएको बिहीबार साँझ आयोजित ‘होली हंगामा’ कार्यक्रममा दर्शकले हंगामा मच्चाउँदै कार्यक्रम अवरुद्ध पारेका थिए ।

निरहुआसँगै अभिनेत्री अम्रपाली दुबे र नायिक सीमा सिंहलगायतको टोली एस राज इन्टरटेनमेन्ट कम्पनीको प्रायोजनमा होली विशेष कार्यक्रममा सरिक हुन जनकपुर पुगेका थिए । मिथिलाको राजधानी जनकपुरमा भोजपुरी कलाकारलाई बोलाएर मैथिली भाषा तथा कलाकारको उपेक्षा गरेको भन्दै भोजपुरीका सुपरस्टार निरहुआको अपमान गरिएको हो । भोजपुरी गीत–संगीत तडकभडक एवं अश्लील हुन्छन् भन्दै दर्शकले निरहुआको दोस्रो प्रस्तुतिपछि नै भड्केर कुर्सी तोडफोड गरेका थिए ।

पहिलोपटक जनकपुर पुगेका निरहुआको प्रस्तुति हेर्न प्रदेश नं २ का आठ जिल्लाका दर्शक तथा समर्थकहरु जनकपुर पुगेका थिए । कार्यक्रममा तोडफोड हुन थालेपछि स्थानीय प्रशासनले निरहुआको टिमलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको थियो ।