मंगलम प्रिमियरः एकै ठाउँमा रेखा, शिल्पा र छवि

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

निर्माता छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्र ‘मंगलम’ यहि फागुन २५ गतेबाट देशब्यापी प्रदर्शन भइरहेको छ । यसैबिच आइतबार राजधानीको बिग मुभिजमा सञ्चारकर्मि तथा अन्य केहि चलचित्रकर्मिहरुका लागी ‘मंगलम’को बिशेष शो गरियो । चलचित्रमा अभिनय गरेका कलाकार, निर्माता तथा निर्देशकसँगै नायिका रेखा थापा पनि सँगै थिइन् । खासै चलचित्रको प्रिमियरमा नदेखिने रेखा छविराजले निर्माण गरेका सबैजसो चलचित्र नछुटाइहेर्ने गर्छिन् । यो पटकपनि छविको निमन्त्रणा सहर्ष स्विकार्दै हलसम्म पुगिन् । केहिसमय अघिमात्रै नायिका रेखा थापा र छविराजको सम्बन्ध बिच्छेद भएको थियो, यो हिसाबले पनि रेखा ‘मंगलम’ हेर्न आउँछिन् या आउँदिनन् भन्ने धेरैको मनमा प्रश्न उब्जिएको थियो ।

नायिका शिल्पा पोखरेलको यो चलचित्रमा मुख्य भूमिका छ । शिल्पा र छविराजको प्रेम सम्बन्धको चर्चा निकै छ, चलचित्रको प्रदर्शन मिति वरिपरी यो जोडीको प्रेम र बिवाहको चर्चा अझै चुलिने गर्छ । शिल्पा यो चलचित्रकी निर्मात्री समेत हुन् । चलचित्र हेरिसकेपछि अधिकांश दर्शकले चलचित्रको बिषयबस्तु मन पराए । साथै चलचित्रका कलाकारको अभिनयको पनि खुबै प्रसंसा गरे । चलचित्र हेरिसकेपछि नायिका रेखाले पनि शिल्पाको अभिनयलाई तारिफ गरिन् । उनले पहिलो पटक शिल्पाको अभिनय पर्दामा हेर्न पाएको बताइन् । ‘मैले यसरी हलमै बसेर शिल्पाको अभिनय हेरेको पहिलो पटक हो, निकै मन प¥यो ।’, रेखाले भनिन् । यस्तै उनले चलचित्रले उठान गरेको ‘मरण इच्छा’को बिषयबस्तुले मन छोएको बताइन् । ‘धेरै दर्शकले भन्ने गर्नुहुन्छ, नेपाली चलचित्र जहिले पनि एउटै बिषयबस्तुमा बनेका हुन्छन्, नयाँ बिषय हुँदैन, त्यस्ता दर्शकका लागी यो चलचित्र बिल्कुलै फरक बनेको छ ।

चलचित्रमा उठाइएको ‘मरण इच्छा’को बिषय अहिले नेपालमा पनि लागु हुनेक्रममा छ । चलचित्रको बिषय पनि मनप¥यो’, रेखाले थपिन् । यस्तै चलचित्रका नायक पुष्म खड्काले पनि आफ्नो अभिनय हेरिसकेपछि आएको तारिफले जिम्मेवारी बढेको बताए । उनले शुरुवातमा चलचित्रको स्क्रिष्ट सुनाउने क्रममै अभिनय गर्ननसक्ने बताएको तर निर्देशक नवल खड्काकै कारण चलचित्रमा अभिनय गर्ने हौसला मिलेको बताए । ‘मलाई स्क्रिष्ट सुनाउँदै मैले चलचित्रलाई न्याय दिन सक्दिन होला भनेको थिए, तर तिमी हुन्छ भन म जिम्मा लिन्छु भनेर नवलदाईले भनेपछि मैले पनि आँट गरेको हुँ ।’, पुष्मले भने । यस्तै नायिका शिल्पाले पनि देशैभरीबाट चलचित्रको राम्रो प्रतिक्रिया आएकोले उत्साहित भएको बताइन् । अर्का नायक पृथ्वीराज प्रसाईले पनि अधिकांश दर्शकले चलचित्रको कथा र कलाकारको अभिनयमा राम्रो प्रतिक्रिया दिएकोले खुसी लागेको बताए ।

चलचित्रका कार्यकारी निर्माता छविराले पनि चलचित्र प्रदर्शन भएलगत्तै देर्शभरीबाट राम्रो प्रतिक्रिया मिलेको र चलचित्रले राम्रो ब्यापार गरेको बताए । निर्देशन नवल खड्काले चलचित्र प्रदर्शनपछि आफुले मेहनत गरेको अनुसारको फल मिलेकोमा खुसी लागेको बताए । चलचित्रको प्रदर्शन पछिपनि बिग मुभिज परिसरको केहिबेर सम्मकै दृश्य निकै रमाइलो बनेको देखिन्थ्यो । छवि, शिल्पा र रेखालाई सँगै राखेर तस्बिर खिचाउन सञ्चारकर्मि चाहन्थे र छविले त्यो पुरा पनि गरिदिए । यो भन्दा अघि रेखासँग बसेर तस्बिर खिचाउनै नमान्ने छवि अहिले आफै रेखा र शिल्पाको छेउमा बसेर तस्बिर खिचाएका थिए । अन्य कार्यक्रममा सँगै देखिएपनि छवि र रेखाको खासै बोलचाल भएको देखिदैनथ्यो तर यसपटक भने उनीहरुको बोलजाल पनि धेरैबेर नै भएको थियो । साथै रेखा र शिल्पाले पनि अंकमाल गरेरै तस्बिर लिएका थिए ।  ‘मंगलम’मा नायिका शिल्पा, पुष्प र पृथ्वीसँगै निर शाह र मिथिला शर्माको पनि मुख्य भूमिका छ ।