निर्माता सेनले कुन फिल्मलाई भने ‘बर्षकै झुर’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

निर्माता सन्तोष सेन नेपाली चलचित्रक्षेत्रका चर्चित निर्माताको लिस्टमा पर्छन् । उनले निर्माण गरेका सबैजसो चलचित्रले नेपाली चलचित्रक्षेत्रमा एककिसिमको छाप बनाएका छन् । पछिल्लो समय उनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’ले बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भयो साथै त्यस चलचित्रका कलाकारहरुलाई स्टार बनाइदियो ।

उनै निर्माता सेनले नेपाली चलचित्रको बिषयमा बोलेका छन् । नेपाली चलचित्रबन्नका लागी टीम मजबुत हुनेपर्छ भन्दै आएका सेनले बर्षैकै झुर चलचित्र हेरको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ‘फेसबुक’मा एक स्टाटस राख्दै बर्षकै झुर चलचित्र हेरियो भनेका छन् । तर उनले चलचित्रको नाम भने खुलाएका छैनन् ।

सेनको स्टाटस मार्च ११ मा पोष्ट भएको छ त्यसले गएको शुक्रबारबाट रिलिज भएका चलचित्रलाई केन्द्रित गरेको बुझिन्छ । गएको शुक्रबारबाट तीन चलचित्र ‘गाँजा बाजा’, ‘मंगलम’ र ‘हुर्रे’ तीन चलचित्र प्रदर्शनमा आएका छन् । निर्माता सेनले यीनै तीन चलचित्रमध्ये एकलाई केन्द्रित गरेको प्रष्ट हुन्छ ।

सेनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् ।

एउटा फिल्म राम्रो हुनुमा टिमको ठुलो महत्व हुन्छ । टिमको कुरा सुन्नु पर्छ सुनाऊनु पर्छ । फिल्म चल्नु र राम्रो हुनुमा धेरै फरक पर्छ ।एउटा समान्य चलचित्र बन्न कम्तिमा ८० लाख् खर्च हुन्छ । चलाउन नसक्नु प्रडक्सन हाउसको कुरा हो तर उक्त चलचित्र राम्रो नहुनु क्यापटेनसिप् को गल्ती हो ।। पैसा कमाउन नसके पनि कसैलाई हामिले बनाएको चलचित्र हो भनेर गर्व गर्ने बाटो बनाईदेऊ.. वर्ष कै झुर फिल्म हेरियो…