चैत, काठमाडौं ।

चर्चित हेयर स्टाईलिष्ट निल डेभिड कटुवालको सलुन उद्दघाटन गर्न अभिनेता सुनिल थापा पुगेका छन् । भारतको सिलसगढीको सेभोक रोडीस्थित सिटी मलमा ‘निल डेभिड स्टाईलो सलुन’ को शुभारम्भ गर्न बलिउडमा समेत ख्याति कमाएका अभिनेता थापा डेभिडको निम्ता स्विकार्दै त्यहाँ पुगेका हुन् । एकै दिन सिलगुढीकै प्रधाननगरमा अर्को फ्रेन्चाईजी शुभारम्भ गरेका सुनिलले भोलीपल्ट मोरङको पथरीमा अर्को फ्रेन्चाईजिको उदघाटन समेत गरेका थिए ।

‘स साना टाउन र ईन्भेष्टरलाई ध्यानमा राखेर ३ वर्ष अघि नै मैले यो खालको कन्सेप्ट र डीजाईन बनाएको थिए“। यसैलाई पुरानो रुप दिएको हो’ निलले भने । उनका अनुसार यो अवधारणमा थोरै लगानीमा ३ सयदेखी ५ सय स्क्वायरमा सलुन सञ्चालन गर्न सकिनेछ । आगामी अप्रिलमा यहि मोडलमा ललितपुरको कुमारीपाटीमा सलुन सञ्चालनमा ल्याईने जानकारी उनले गराए। निलले मुम्बईको स्वस्तिक म्यानेजमेन्टसँग सय ओटा निल डेभिड सलुन फ्रेञ्चाईजी सञ्चालनमा ल्याउने गरी सम्झौता गरेकोमा गुहाटी, आसाम, अलाहवादमा सलुन सञ्चालनमा आईसकेको छ ।

उनका अनुसार अब छिट्टै अजमगढ, बनारस लखनउ र दिल्लीको ओखलामा पनि फ्रेन्चाईजी सञ्चालनमा आउनेछ । भारतको ग्रेटर कैलाश एम ब्लक मार्केट दिल्लीबाट गत जुनदेखी आफ्नो ड्रीम सलुन लीएर भारत पुगेका निल नेपाली भएर भारतको राजधानीमा नेपाली सलुन सञ्चालन गरी नेपाललाई भारतमा हेयर स्टाईलको क्षेत्रमा चिनाउदै नेपालको गौरव बढाउ“दै छन्।

काठमाडौको काठमाडौं मलबाट तीन सय स्क्वायर फिटबाट सलुनको सुरुवात गरेका निलको नेपालमा हालसम्म ५४ ओटा सलुन सञ्चालनमा छन् ।

४ चैत्र २०७४, आईतवार ०३:२०