‘लम्फू’ दोश्रो गीतः दोधारमा मरिश्का (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाण्डौ ।</b></pre><p style="text-align: justify; "> आउँदो बैशाख २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र&nbsp; ‘लम्फू’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘दोधारमा परेँ म’ बोलको गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द छन् । यस्तै गीतको भिडियोमा चलचित्रकी नायिका मरिश्का पोखरेलको अभिनय छ भने नव–नायक कबिर खड्कालाई पनि देख्न सकिन्छ । गीतका कोरियोग्राफर शिव विक हुन् । गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ ।</p><p style="text-align: justify; ">गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई९बालकलाकार०, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको 'लम्फू'लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/_CU4vMF4GCY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>