भूतखेलमा ‘चङ्गा’को ‘कम्पनी माला’, बुद्धिले मर्काए कम्मर

गोपिकृष्ण चापागाईं । चैत, काठमाडौं ।

राजधानीको तारकेश्वर नगरपालिकामा पर्ने टोखाको भुतखेलमा सोमबार सयबढी कोरसका साथमा कलाकार बुद्धि तामाङ र अंकित खड्का दुई नायिकासँग कम्मर भर्काइरहेका थिए । पछिल्लो समय एकपछि अर्को चलचित्रमा हिट गीत दिदै आएका गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘कम्पनी माला’बोलको लोकलयको गीतमा कोरियोग्राफर कविराज गहतराजले खुबै मेहनत गरिरहेका थिए । चलचित्र ‘चङ्गा’मा समावेश यो गीतको भिडियो छायांकन स्थलमा चलचित्रका मुख्य कलाकार बुद्धि र अंकित प्रेमबर्षा खड्का र लक्ष्मि बर्देवासँग मज्जैले कम्मर मर्काएका थिए ।

कोरस र प्राविधिकहरुसँगको ठुलो टिम लिएर काम गरिरहेका कोरियोग्राफर कविराजले गीत निकै राम्रो भएको र भिडियो पनि गीतलाई सुहाउँदो बनाउनका लागी लागि परिरहेको बताए । भिडियो निर्माणका लागी निकै मेहनत गरेको उनी बताउँछन् । ‘मैले जुनसुकै गीतको काम लिन्छु त्यसमा पुर्ण लगाव दिएर काम गर्छु, सानोठुलो, चलेका नचलेका कलाकार भन्ने हुँदैन, गीतको भिडियो कसरी बेष्ट बनाउने भन्नेमा मेरो सोचाइ हुन्छ, यो भिडियोपनि निकै राम्रो बनेको छ ।’, उनी भन्छन् ।  यस्तै उनले गीतमा बुद्धि तामाङलाई अझ बढी सुहाएको बताए । ‘मैले बुद्धि जीलाई धेरै गीतमा नँचाएको छु, उहाँ मलाई एकदम मनपर्ने कलाकार पनि हुनुहुन्छ । मैले गीतमा जुन स्टेप दिएपनि अहिलेसम्म यो स्टेप सक्दिन भन्नुभएको छैन, उहाँसँगै सबैकलाकारहरुको उत्तिकै मेहनत परेको छ ।’, उनले थपे ।

‘मैले जुनसुकै गीतको काम लिन्छु त्यसमा पुर्ण लगाव दिएर काम गर्छु, सानोठुलो, चलेका नचलेका कलाकार भन्ने हुँदैन’- कोरियोग्राफर गहतराज

यस्तै मुख्य कलाकार बुद्धिले आफुले नाँच्न नजानेपनि कोरियोग्राफरले आफुलाई हेरेर सुहाउँदो स्टेप दिनेगरेको सुनाए । ‘मलाई चलचित्रमा नाँच्न भनेपछि त्यस्तो रुचि त होइन तर सबैजसो चलचित्रमा नाच्न परेको हुन्छ, नाँच्न नआउने भएकोले पनि यो बिषयमा त्यति धेरै रुचि त छैन, तर पनि कोरियोग्राफरले मलाई हेरेर स्टेप दिनुहुन्छ, जनतन गरेको छु । यो गीतमा पनि कबिराज जीले मलाई हेरेर स्टेप दिनुभएको छ, जे होस् भिडियो निकै राम्रो बनेको छ ।’ बुद्धिले सुटिङको क्षणलाई सम्झिदै भने ।

चलचित्रका निर्देशक किशोर भण्डारीले चलचित्रको छायांकनको सम्पुर्ण काम सकिएको बताए । अन्तिम छायांकनको रुपमा यसै ‘कम्पनी माला’बोलको गीत रहेको बताए । ‘चंङ्गाको छायांकनको काम यो गीतसँगै सबै सकियो, यो गीतपनि हामीले यसै महिनाको अन्तिमसाता रिलिज गर्ने तयारीमा छौं, गीतको भिडियोमा निकै मेहनत गरेका छौं, हेरौं अब दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ ।’, निर्देशक भण्डारीले भने । यस्तै उनले चलचित्रमा डेब्यु निर्देशन गर्दैगर्दा धेरैकुरा सिक्नेमौका पाएको पनि बताए । ‘चङ्गा यहि जेठ २५ बाट दशैंसम्म उडाउने सोंचमा छौं, हेरौं दर्शकले कत्तिको साथ दिनुहुन्छ ।’, भण्डारीले भने ।

‘चङ्गा यहि जेठ २५ बाट दशैंसम्म उडाउने सोंचमा छौं, हेरौं दर्शकले कत्तिको साथ दिनुहुन्छ ।’ –निर्देशक भण्डारी

यस्तै चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डेले चलचित्रको गीतको छायांकनमा लाग्ने खर्चमा मन नखुम्च्याएको बताए । उनले गीतको भिडियो मेकिङका लागी कोरियोग्राफरको माग अनुरुपका साम्रागी जुटाएको बताए । ‘हामीले गीतको भिडियोका लागी आवश्यक सम्पुर्ण साम्रागी कोरियोग्राफरको माग अनुरुप जुटाइदिएका छौं, जसले गर्दा गीतको भिडियो राम्रोे बनोस् ।’, पाण्डेयले भने । ‘चलचित्र निर्माण गरेर पछुतो भन्ने बिल्कुलै छैन, सोचेभन्दा धेरै राम्रो बनेको छ ।’, उनले थपे ।

‘चलचित्र निर्माण गरेर पछुतो भन्ने बिल्कुलै छैन, सोचेभन्दा धेरै राम्रो बनेको छ ।’- निर्माता पाण्डेय

यस्तै चलचित्रकी निर्मात्री रेश्मा तिमिल्सिनाले चलचित्रको लगान निर्धारण गरेभन्दा धेरै नै गरेको बताइन् । ‘हामीले गीतमात्रै होइन, चलचित्रमा पनि लगानीको कुनै निर्धारण तोकेका छैनौं । काम गर्दैजाँदा राम्रो बनाउनका लागी लागी परेका छौं ।’, निर्मात्री तिमिल्सिनाले भनिन् । छायांकन गरिएको गीतमा राजेन्द्र थापाको शब्द छ । चलचित्र आउँदो जेठ २५ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

(समाचार हिमालय टाइम्समा पनि प्रकाशित छ)