‘तिमी सँग’को टाइटल गीतः यस्तो देखियो साम्राज्ञी–आकाश प्रेम (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> यहि चैत २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी सँग’ को टाइटल गीत सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकाश श्रेष्ठ फिचरिङ गीतको भिडियो मेकिङ उत्कृष्ट बनेको छ । बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा साम्राज्ञी र आकाशको प्रेम देख्न सकिन्छ ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा शिशिर राणाको&nbsp; लेखन, निर्माण तथा निर्देशन छ भने साम्राज्ञी र आकाशको अलवा नाजिर हुसेन, अनुपम श्रेष्ठ लगाएतका कलाकारहरु मुख्य भूमिकामा छन् । कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक शिशिरले चलचित्रको ३० बर्षको अनुभव ‘तिमी सँग’मा लगाएको बताए । ‘मैले अहिलेसम्म चलचित्रक्षेत्रमा धेरै काम गरेँ, धेरै चलचित्रमा एसिस्टेन्ट भएरपनि काम गरेँ, सबै अनुभव यो चलचित्रमा लगाएको छु ।’, उनले भने । यस्तै भिडियोमा देखिएका साम्राज्ञी र आकाशले पनि चलचित्रमा खुबै मेहनत गरेको र अहिलेको गीतका लागी पनि धेरै मेहनत गरेको भन्दै दर्शकले मन पराउनेमा आशावादी रहेको बताए ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/7FMmtE1bNtE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>