आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको २४ जनवरीमा युट्युवमा अपलोड गरिएको ‘माछिले खाने खोलीको लेऊ’ बोलको गीत एकमहिना नपुग्दै करोड पटक हेरिएको अवसरमा केक काटिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियोमा अभिनय गरेका कार्टुन्ज क्रुका डान्सर सरोज अधिकारी र आश्मा बिश्वकर्माले केक काटे ।

केक काटिसकेपछि सरोजले गीत र भिडियो दुबै राम्रो बनेकोले धेरै दर्शकले मन पराएको बताए । उनले भिडियो निर्माण टिमको मेहनतले राम्रो भएको बताए । गीतमा सरोज ओली र मेलिना राईको स्वर छ भने बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द रचना छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ । सुदिप बरालले खिचेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफि छ भने सरोज र आश्मासँगै नायिका प्रियंका कार्कीको पनि नृत्य छ । कार्यक्रममा गीतका रचनाकार थपलियाले पछिल्लो पुस्तालाई हेरेर गीत लेखेको पल सम्झिए । उनले समयअनुसार गीतका शब्दहरु लेख्नुपर्ने बताए ।

कलाकारलाई मागेजति पारिश्रमिकः गायक वली

यस गीतका गायक तथा निर्माता सरोज वलीले भिडियो निर्माणको क्रममा कलाकारले मागेजति पारिश्रमिक दिएको बताए । छोटो समयमै धेरै आम्दानी गर्नुभएको छ, यो खुसीयालीसँगै श्रृष्टाहरुलाई रोयल्टी दिनुभएको छ कि नाई भन्ने आर्टिष्ट खबरको प्रश्नमा वली भन्छन्– ‘मैले शुरुवातमै कुनैपनि कलाकारलाई मनमारेर काम गराएको छैन, कलाकारले जति भन्नुहुन्छ त्यो अनुसार पारिश्रमिक दिएको छु ।, बरु काम गराउने समयमै बढी दिन्छु कम दिन्न, त्यसैले रोयल्टी दिनुपर्छ जस्तो लाग्दैन ।’, उनले भने । वलीले गीतको भिडियो निर्माणका लागी लगानीमा कुनैपनि कन्जुस्याई नगरेको बताए ।

यो टिमबाट अन्यले सिक्नुपर्छः प्रियंका कार्की

भिडियोमा अभिनय गरेकी नायिका प्रियंका कार्कीले यो टिमसँग अन्य निर्माताहरुले सिक्नुपर्ने बताइन् । कुनैपनि गीतको भिडियो बनाउँदा प्राविधिक देखी कलाकारसम्मको टिम बलियो हुनुपर्ने र त्यो सबैकुरा यो गीतको भिडियोमा पुगेको बताइन् । ‘मैले सरोज जीसँग यो भन्दा पहिला पनि धेरै काम गरिसकेकी छु, उहाँसँग काम गर्न पाउँदा निकै खुसी लाग्छ, उहाँले भिडियो मेकिङमा कुनै पनि कमी हुनदिनुहुन्न, त्यसैले भिडियो राम्रो बनेको हो । अन्य मेकरले उहाँबाट सिक्नुपर्छ ।’, उनले भनिन् । प्रियंका समय ब्यस्तताका कारण सेलिब्रेशन कार्यक्रमको अन्तिममा आइपुगेकी थिइन् ।

दुई गीत तुरुन्तै आउँने

केक काट्दै निर्माण टिमले अन्य दुईगीत पनि केहि समयमै बजारमा आउने जानकारी दियो । दर्शकबाट पाएको मायालाई मुल्यांकन गर्दै अन्य दुई टिपिकल गीतको तयार भइरहेको गायक वलीले बताए । यस्तै गीतकार थपलियाले आउँनेक्रममा रहेको गीतको केहि अंश सुनाएका थिए । उनले मायाप्रेमकै कुरालाई रमाइलो तरिकाले गीतमा प्रस्तुत गर्न लागिएको बताए ।

Interview with Saroj & Aashma (Cartoon Crew)

Song – Machhile khane kholiko leu

तस्बिरः नविन चापागाईं/ आर्टिष्ट खबर ।