पचली भैरवबाट शुरु भयो ‘लखपती माग्ने’

चैत, काठमाडौं ।

चलचित्र ‘लखपती माग्ने’को छायांकनको काम शुरु भएको छ । छायांकन पचली भैरवबाट शुरु भएको हो । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा प्रकाश चन्द्र महर्जनले लगानी गर्दैछन् । चलचित्रको सह निर्मातामा भने राजेश खड्गी रहेका हुन् । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको चलचित्र लखपति माग्नेको स्क्रिप्ट सवनम खाफैले लेखेका हुन् ।

चलचित्रमा नयाँ तथा पुराना कलाकरहरुको जम्घट रहेको छ । मुख्य कलाकारहरुमा कमलमणी नपाल, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल, जय जगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णु प्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकाल रहेका छन् ।

चलचित्रमा शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत रहेको छ भने सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको संगीत रहेको छ । चलचित्रको गीतमा युवराज चौलागाई, कृष्ण काफ्ले, विन्दु परियार, टिका प्रसाई, भुपु पाण्डे र विशाल घोषको स्वर रहेको छ । चलचित्रमा रामेश्वर हुमागाई छायांकार रहेका छन् । तारा थापा किम्भेले चलचित्रको सम्पादन गर्नेछन् । चलचित्रको लेखक एवं निर्देशक सवनम् मुखीयाका अनुसार छायांकन करिव ३५ दिनको हुनेछ भने काठमाडौं वरपर सहित धुलिखेलमा समेत चलचित्र खिचिनेछ ।