हरर ‘सुनकेसरी’को डरलाग्दो ट्रेलर (भिडियो)

चैत, काठमाडौं ।

हरर चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।नायिका ऋचा शर्माले निर्माण गरेको यो चलचित्र हरर जनरामा निर्माण गरिएको छ । सार्वजनिक ट्रेलर डरलाग्दो बनाइएको छ । अर्पण थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा ऋचा थापा, भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको लगानीमा ऋचासँगै अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्य छ । चलचित्रको सबै छायांकन अष्ट्रेलिया गरिएको हो ।

निर्मात्री तथा अभिनेत्री ऋचाले चलचित्र स्तरिय बनाएको बताइन् । हरर चलचित्रमा सधैं सेतो सारी लगाएर दर्शक तर्सिन्छन् भन्ने मान्यतालाई तोडेको उउनले बिहीवार राजधानीमा आयोजना गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा बताइन् । ‘चलचित्रमा हरेक कुरा नेचुरल हुनुपर्छ, सेतो सारी लगाउँदैमा दर्शक तर्सिदैनन् ।’, उनले भनिन्  ।

दुई करोडको लगानीमा निर्माण भएको यो चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ । चलचित्र आउँदो जेठ ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Video: