‘शत्रु गते’को ब्यापार शनिबार आक्रमक

चैत, काठमाडौं ।

गएको शुक्रबारबाट चलचित्र ‘शत्रु गते’ देशभरका १ सय २५ हलहरुमा एकसाथ प्रदर्शन भइरहेको छ । चलचित्रको ब्यापार शनिवार आक्रामक देखियो । शुक्रबार फिल्म हेरेका दर्शक मार्फत फैलिएको ‘वर्ड अफ माउथ’ का कारण शनिवार चलचित्रलाई दर्शकको साथ मिल्यो । शनिवार राजधानीका अधिकाँस मल्टिप्लेक्स हाउसफुल रहयो भने मोफसलमा पनि अवस्था त्यस्तै रह्यो । राजधानीको क्युएफएक्स, बिग मुभिज, बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल, अस्टनारायणको ३ वटा, गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो ।

चलचित्रको कथा वस्तुसँगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । चलचित्र हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् ।

कलाकार हरिवंश आचार्यले शनिबार राजधानीका बिभिन्न हलहरुमा पुगेर दर्शक प्रतिक्रिया लिएको बताए । ‘दोस्रो सफलता शुक्रबार भन्दा शनिवार दर्शक बढेका छन् । म आफै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिदा शत प्रतिशत पोजेटिभ पाएको छु । हास्य र रोदनको मिश्रणलाई दर्शकले रुचाएका छन् ।’, उनले भने । यस्तै उनी चलचित्र हाउसफुलका साथ ब्यापार हुनुलाई मात्र सफल भएको मान्दैनन् । ‘शनिवार फिल्म राजधानी तथा मोफसलमा हाउसफुल हुनु मात्र हाम्रो सफलता होइन फिल्मलाई दर्शकले राम्रो छ भन्नु नै हाम्रो पहिलो सफलता हो ।’, हरिवंशले भने । यस्तै निर्माता किरण केसीले शनिबार सतप्रतिशत अकुपेन्सी पाएको बताए । ‘शुक्रबार ८० देखि ८५ प्रतिशत अकुपेन्सी पाएका थियौ तर शनिवार भने शत प्रतिशत पायौ । हामीले मल्टिप्लेक्ससंगै गोपीकृष्ण, अष्टनारायण ,गुण लगायतका हलमा पनि पुगेर दर्शक प्रतिक्रिया लियौ । फिल्मलाई सबैले रुचाउनु भएको छ ।’, केसीले भने । यस्तै निर्देशन प्रदीप भट्टराईले फिल्मकर्मिहरुले पनि चलचित्र रुचाएको बताए । ‘दर्शकले फिल्म रुचाइरहदा ‘जात्रा’ मार्फत फिल्मकर्मी माँझ जताएको विश्वास के होला भन्ने मनमा जिज्ञाषा थियो , तर फिल्मकर्मीले पनि रुचाएपछी म ढुक्क भए । जति पनि फिल्मकर्मीले फिल्म हेर्नु भएको छ ।’, भट्टराईले भने ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यो चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

‘शत्रु गते’को हल रिपोर्ट भिडियोमा हेर्नुहोस् :