‘ब्ल्याक’ गीतमा आकाश र आँचल, दर्शक भन्छन् पलको अभाव (भिडियो)

चैत, काठमाडौं ।

चलचित्र ‘ब्ल्याक’मा समावेश ‘पल पल हरपल’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा फिचर यो गीतको मेकिङलाई लिएर तारिफ गरेको पाइन्छ ।

सुगम पोखरेलको स्वर, डाक्टर कविराज बान्तवाको शब्द, महेश खड्काको संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी आकर्षक छ । कोरियोग्राफर रामजी लामिछाने र छायांकार रामशरण उप्रेतीको मेहनत पनि तारिफ योग्य छ । आइतबार राजधानीमा आयोजना गरिएको गीत सार्वजनिक कार्यक्रममा चलचित्र निर्माण युनिटले गीत छायांकनको बारेका र टीमको मेहनतको बारेमा बोलेका थिए ।

यसैबिच युट्युवमा गीत राखेसँगै दर्शकको प्रतिक्रिया आउन थालेका छन् । नायिका आँचललाई यो भन्दा अघि केहि चलचित्र र म्युजीक भिडियोमा मोडल पल शाहसँग देखिरहँदा यो गीतमा पनि पलको अभाव भएको महसुस गरेका छन् । धेरै प्रतिक्रिया मध्ये केहिको प्रतिक्रियालाई हेर्ने हो भने आँचलसँगै पललाई राख्दा गीतको भिडियो अझ राम्रो हुने समेत लेखेको देखिन्छ । कतिको गीतको शब्दमा पल नाम आएको र आँचललाई पल नाम जतापनि फाप्ने भन्दै रमाइला प्रतिक्रिया पनि देखिन्छ ।

चलचित्रमा प्रदिप श्रेष्ठको निर्देशन छ भने आश्मा पाण्डेको लगानी छ । चेतनकुमार पाण्डे यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको अभिनय छ ।  मौनता श्रेष्ठले लेखेको यो चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चलचित्र आउँदो जेठ ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।

video: