भिडियोमा विल्सन–शिल्पा एकसाथ (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक अमर राईले ‘चञ्चले नानी’ बोलको गीत बजारमा ल्याएका छन् । मणिपाल राईको शब्द र संगीत रहेको यो गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन् । संवत यो जोडी पहिलो पटकसँगै देखिएको हो । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । निर्देशक खड्काले गीतलाई गाउँका कथा मार्फत प्रस्तुत गरेको बताए । ‘विल्सन गाउले युवा छन् भने शिल्पा गाउको खाजा घरको साहुनी हुन्छिन । यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु ।’, उनले भने । यस्तै गायक राईले पनि गीतमा चञ्चले नानीको सुन्दरताको बयान गरिएको बताए । ‘गाउँको प्रेमिल टिपिकल शब्द प्रयोग गरिएको छ । गीतमा विल्सन र शिल्पा राम्रो देखिनु भएको छ ।’, राईले भने ।<br></p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/hzlVwGpMivA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>