‘हैरान’ शीर्ष गीतमा सबै कलाकार

चैत, काठमाडौं ।

आउँदो जेठ ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हैरान’ को शिर्ष गीतको छायाँकन सकिएको छ । राजधानी बालाजुस्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन गरिएको हो । गीतमा चलचित्रका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ भने यसलाई छिटै सार्वजनिक गरिनेछ । चलचित्रको छायांकनको अन्य काम सकिइसकेको छ ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयारगीतमा सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा ,गजित विष्ट , सागर लम्साल , निश्मा घिमिरे , एन्जल राई , शिशिर भण्डारी ,आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ ।

गीतका कोरियोग्राफर गजितले चलचित्रको टाइटल गीत भएकोले पनि सबैलाई लाई समेटेको बताए । ‘पहिला यसलाई प्रमोसनको रुपमा मात्र प्रयोग गर्ने सोच पनि आएको थियो तर अब यो फिल्ममा पनि समावेश हुनेछ । गीतमा हामीले सबै पात्रको टेन्सनलाई देखाउन खोजेका छौ । फिल्म रमाइलो बनेको छ । गीतलाई पनि रमाइलो बनाउन सबैलाई एकै ठाउमा उभ्याएका छौ ।’, उनले भने ।

गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य–स्वरूपले सरगम आचार्य र बबिता मनाधरसँग मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

चलचित्रका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।