‘जय शम्भु’सँग बर्षाको जन्मदिन, पहिलो केक अनुपलाई

चैत, काठमाडौं ।

नायिका बर्षा सिवाकोटीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । महिनादिन देखी चलचित्र ‘जय शम्भु’को छायांकन सेटमा ब्यस्त बर्षाले शनिबार पनि काभ्रेस्थलीको सुटिङ सेटमै सम्पुर्ण टीमसँग मनाएकी हुन् । अंग्रेजी र नेपाली मिति अनुसार दुबै दिन उनले जन्मदिन मनाएकी हुन् । शुक्रबार पनि परिवारसँग जन्मदिन मनाएकी थिइन् ।

चलचित्र ‘जय शम्भु’को सेटमा केक काटेकी बर्षाले शुरुमा नायक अनुप बिक्रम शाहीलाई केक खुवाइन् । बर्षाको दुबैछेऊमा चलचित्रका खलनायक प्रशान्त ताम्राकार र अनुप थिए तर उनले शुरुमा आफ्नो हातबाट अनुपलाई केक खुवाइन् । बर्षाले अनुपलाई नै पहिलो केक किन भनेर प्रश्न गर्न नपाउँदै छेऊमा जो छ उसलाई पहिलो केक है भनेकी थिइन् । तर छेऊमा प्रशान्त पनि थिए । त्यससँगै अनुपपछि लगत्तै प्रशान्तलाई केक खुवाएकी थिइन् । साथै लगातार निर्देशक, निर्माता हुँदै सुटिङ युनिटका अन्यसबैलाई केक खुवाइन् । बर्षाको हातबाट केक खाँदै प्रशान्त र अनुपले सुस्वास्थ्य दिर्घायुको कामना भन्दै बर्षालाई शुभकामना दिएका थिए ।

काभ्रेस्थलीको टाउनप्लानिङमा चारदिन देखी लगातार चलचित्रको ‘क्लाइमेक्स’सिनको सुटिङ भइरहेको छ । चलचित्रका निर्देशक रुपेश तामाङका अनुसार चलचित्रको अब दुईसातामा छायांकनको सम्पुर्ण काम सकिनेछ । प्रस्तुतकर्ता दिनेश शाहीका अनुसार चलचित्रमा सोचभन्दा बढी लगानी लागेको बताए । उनका अनुसार चलचित्रमा डेढ करोडको लगानी पुग्ने बताए । चलचित्रमा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । चलचित्रलाई हरि घले लामाले खिचिरहेका छन् ।

video:

jaya Sambhu Shooting Report:

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।