युट्युवबाट अमेरीकामा जिरे खुर्सानी हेर्नेहरुले बाटैमा छेके मुन्द्रेलाई

...

jitu nepal mundre in americaभदौ २४, काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) यतिखेर अमेरीका भ्रमणमा छन् । दुई महिनाका लागि अमेरीका पुगेका जितुले अहिलेसम्म अमेरीकामा आफ्नो चारवटा कार्यक्रम सकिसकेका छन् । जितुले अमेरीकाको दुईमहिनाको बसाईमा जम्मा २२ वटा कार्यक्रम रहने आर्टिस्ट खबरलाई टेलिफोनमा जानकारी दिए ।

कार्यक्रम उत्कृष्ट
अमेरीका आएपछि हामी यहाँ भानु फुयाल जीको घरमा बसेका छौं । अहिलेसम्मका कार्यक्रम धेरै राम्रो भएका छन् । पहिलो कार्यक्रम पिचवर्गमा भयो त्यो पनि राम्रो रह्यो । नेपाली दाजुभाईले नेपाली कलाकारलाई धेरै माया गर्नुभएको छ । कार्यक्रममा पनि नेपाली दर्शकको उल्लेखनीय उपस्थिती रह्यो ।

jitu nepal mundre in america

बाटैमा छेक्नुहुन्छ
बिहानमा म सधैं मर्निङ वाक जाने गर्छु । अमेरीकामा युट्युवबाट पनि जिरेखुर्सानी हेर्ने दर्शक धेरै हुनुहुँदो रहेछ । बाटोमा मलाई देख्दा छेकेरै गफ गर्नुहुन्छ, एकदम खुसी लाग्छ । जिरे खुर्सानी नियमित हेर्ने प्रतिक्रिया दिनुभयो ।

jitu nepal mundre in americaछोड्नै मान्दैनन् बाबुले
अमेरीकामा धेरैमाया गर्नेहरु हुनुहुन्छ । अहिलेसम्म सबैको घरमा एक एक छाक खानपनि भ्याएको छैन । भानु जीको घरमापनि धेरै मायापाएको छु । अझ रमाईलो कुरा त गायक मनोज ढकालका ६ बर्षका छोरा शाब्दिक ढकालले म सँगै सुत्ने खाने गर्छन्, छोड्दै मान्दैनन् । अन्यको पनि माया पाएको छु ।
jitu nepal mundre in america

११ बर्षपछि असली मुन्द्रे भईयो
भानु फुँयालले यहाँ सुन व्यावसाय गर्नुहुन्छ । एकदिन मलाई मुन्द्रे भएर मुन्द्रा नलगाउने भन्दै च्याप्प समातेर दुबै कानमा मुन्द्रा लगाईदिनुभयो । जिरे खुर्सानमा मुन्द्रे भएर खेलेको ११ बर्षपछि अहिले असली मुन्द्रे भइयो । अब दुबैकान महँगा भएका छन् ।
jitu nepal mundre in america
तस्बिर सौजन्यः जितु नेपाल