इ टिकेटिङ परिक्षण, बैशाख १० बाट लागुहुने

बैशाख, काठमाडौं ।

यसबर्षबाट चलचित्रको टिकट प्रणालीमा परिवर्तन गरिने भएको छ । चलचित्र विकास बोर्डले उपत्यकामा संचालित सिंगल थिएटरहरुमा नयाँबर्षको शुरुवातसँगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु गर्ने भएको छ । मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि एपिवान प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरीरहेको छ ।

चावहिलस्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण गरियो । यस्तै राजधानीको कोटेश्वर जारिबुटी अवस्थीत पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी चलचित्रहलमा बैशाख १० गते देखिनै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले यसअघि बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने  घोषित गरेकी थिइन् जसअनुरुप घोषित समयमै  औपचारिक रुपमा शुरु गरिने बताइएको छ ।  बोर्ड अध्यक्ष पौडेलले केहिदिनबाटै गोपीकृष्ण मुभिजमा इ टिकेटिङ सिष्टमबाट टिकट काटिने जानकारी गराइन् ।