‘लिली बिली’लाई ५ दिनमा ४ करोड

बैशाख, काठमाडौं ।

गएको चैत ३० गतेबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र ‘लिलि बिली’को पाँचदिने आम्दानी सार्वजनिक गरिएको छ । नायक प्रदीप खड्का स्टारर यो चलचित्रले पाँचदिनमा चार करोड पाँच हजार कलेक्सन गरेको निर्माण टीमले जनाएको छ । लिलिबिली प्रदर्शन हुनुपहिलेनै ‘शत्रुगते’ नेपाली चलचित्र र अन्य बलिउड चलचित्रसँग जुध्नुपर्दा पनि राम्रो ब्यापार गर्न सफल भएको निर्माणटीमले जनाएको छ ।

चलचित्रका निर्माता गोबिन्द शाहीका अनुसार चलचित्र मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । बुधबार आफ्नो सिनेमा काठमाडौं उपत्यकाको क्युएफएक्समा १४ शो, बिग मूभिजमा ७ शो, एसक्युबमा ६ शो, बिएसआरको एउटा हलमात्र चलेको भए पनि तीन शो पाएको पनि गोबिन्दले बताए । यस्तै गोपिको गोपि र नममा, गुणको क,ख,चमा अष्ट क र खमा, बाराही क लगायत सबै जसो सिँगल थिएटरमा पनि लिली बिलीले राम्रो व्यापार गरेको निर्माता शाहीले बताए ।

चलचित्रलाई तन्नेरी पुस्ताले रुचाएका छन् । नेपाल सहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायाँकन भएको चलचित्र लिली बिलीले सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफुहरु विश्वस्त रहेको यसका निर्देशन मिलन चाम्सले बताएका छन् । कथाको माग अनुसार बिदेशमा छायाँकन गरेर बलिउड स्तरको सिनेमा आफुले दिन सकेको निर्देशक चाम्सको भनाई छ ।

यो चलचित्रमा नव अभिनेत्री जसिता गुरुङको अभियनले सबै भन्दा बढी चर्चा पाएको छ । त्यसोत प्रदीप खड्काको अभिनयलाई पनि दर्शकले त्यत्तिकै रुचाएका छन् । प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्त लगायतका कलाकारका अभिनय यो चलचित्रमा रहेको छ । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्सले निर्माण गरेका हुन् ।