मल्लिकासँगै ‘यात्रा’ गर्दै सलिन

बैशाख, काठमाडौं ।

डेब्यु चलचित्र ‘ए मेरो हजुर २’बाट चलचित्रक्षेत्रमा होमिएका नायक सलिनमान बानिया नयाँ चलचित्र ‘यात्रा’मा काम गर्ने भएका छन् । केशब भट्टराईले निर्माण गर्न लागेको यो चलचित्रमा नायिका मल्लिका महतले डेब्यु गर्न लागेकी छिन् । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहने सोमबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने यो चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यस्तै चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । चलचित्र जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कार्यक्रममा बोल्दै नायक सलिनले पहिलो चलचित्रबाट दर्शकबाट पाएको मायामा अभार ब्यक्त गरे । साथै अहिलेपनि निकै मेहनतका साथ कामगर्ने बताए । ‘पहिलो फिल्म मार्फत मैले टेक्निकल कुरा पनि बुझ्ने मौका पाए । यसको कथाले नै मलाइ फिल्म गर्न प्रेरित गरेको हो । मलाइ फिल्मको अफर आयो, कथा लिए र फ्याम्लीमा शेयर गरे । सबै ओके भएपछी म फिल्म गर्न राजी भएको हु । म यात्रा गरिरहेको एक युवकको भूमिकामा फिल्ममा प्रस्तुत हुदैछु ।’, सलिनले भने ।

यस्तै यसैचलचित्रबाट निर्देशनमा हात हालेका शाक्यले पनि आफ्नो दुईदशक देखीको लामो अनुभव चलचित्रमा लगाउने बताए । ‘फिल्म निर्देशनमा आउने सोच बनाएपछी कथामा ध्यान दिए र त्यहिँ कथाकै कारण मसँग आज यो टिम निर्माण भएको छ । फिल्ममा हामीले यात्राको कथा देखाउदैछौ । यसलाई जर्नी लभ स्टोरी भन्दा पनि हुन्छ ।’, शाक्यले भने । साथै चलचित्रका निर्माता भट्टराईले कथा राम्रो भएकोले लगानी गर्न इच्छुक भएको बताए । ‘फिल्म मार्फत युवापुस्ताको प्रेम र मित्रतालाई नै देखाउदैछौ । फिल्म कथा राम्रो छ’, भट्टराईले भने ।

चलचित्रको निर्माण टीममा केशवसँगै मुक्ति तिम्सिना, मधु क्षेत्री र धर्मराज अधिकारी पनि छन् । चलचित्रमा सम्राट शाक्यले डेब्यु निर्देशन गर्दैछन् । दुई दशक अगाडी नरेश पौडेल निर्देशीत चलचित्र ‘चुनौती’ मार्फत सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ काम गरेको चलचित्रहरु ‘के यो माया हो, मेरो लभ स्टोरी, कोहि मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ’ लगायत चर्चामा थिए । चलचित्रमा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् ।

चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । चलचित्रको छायाँकन यहिँ बैशाख २५ बाट सुरु हुनेछ भने यसको पब्लिसिटी डिजाइनर टौवा क्रिएसन रहेको छ । यहि बैशाख २५ गतेबाट छायांकनमा निस्कने चलचित्र टीमले प्रदर्शन यसैबर्ष गर्ने सोँच बनाएको छ ।