प्रिया फेरी एकपटक भाइरल

...

<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">आँखीभौँ उठाएको भरमा रातारात इन्टरनेटमा भाइरल बनेकी प्रिया प्रकाश वारियर एक पटक फेरी चर्चामा आएकी छिन् । उनले आफ्नो इंस्टाग्राममा अभिनेता रोशन अब्दूल रहूफको जन्मदिनको एक फोटो शेयर गरेकी छिन् । फोटो शेयर गरेकै कारण उनी फेरी भाइरल बनेकी हुन्, जून फोटो दूबहीमा एक कार्यक्रममा लिइएको थियो । जसमा दुबैजना नाचिरहेको देखिएको छ ।</p><p style="text-align: justify; ">फोटो शेयर गदैृ उनले क्याप्सनमा लेखेकी छिन् ‘जन्मदिनको धेरै धेरै शुभकामना मेरो मनपर्ने मान्छे , मलाइ अरु केही भन्न जरुरी छैन किनकी तिमी सबैकुरा जाँन्दछौ र तिमीमा सदैव इश्वरको आशीर्वाद रहोस ।’ चलचित्र ‘ओरु अदार लभ’को एक गीतमा प्रेमीलाई आंखाले इशारा गरेकी प्रिया प्रकाश बिश्वव्यापि रुपमा भाइरल भएकी थिइन् । यसपछि उनलाइ बलिउड चलचित्रमा पनि अफर आइराखेको छ । उनको यो २६ सेकेण्डको भिडियोले संसारभरीनै तहल्का मच्चाएको थियो । युट्युवमा सो भिडियो एक दिनमै ६ करोडले हेरेका थिए । जून एक रेर्कडनै बनेको छ ।</p>