रुचाइयो ‘भोर’, माधवकुमार देखी राजेन्द्र महतोले हेरे फिल्म

बैशाख, काठमाडौं ।

दाईजोप्रथा बिरुद्धको कथामा निर्माण भएको चलचित्र यहि बैशाख २१ गतेबाट देशब्यापी प्रदर्शन हुँदैछ । यसैचलचित्र टीमले मंगलबार राजधानीमा बिशेष शो गरेको छ । चलचित्रकर्मि तथा सञ्चारकर्मिमाझ देखाइएको चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । शो हेर्नका लागी राजनीतिज्ञ तथा मानवअधिकारकर्मीहरुको पनि उपस्थिती देखिन्थ्यो ।

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पुर्वमन्त्रीहरु राजेन्द्र महतो, राजकिशोर यादव, लिलामणी पौडेल, एमाले नेतृ विन्दा पाण्डे, पुर्व मन्त्री हिसिला यामीसँगै सयबढि मानवअधिकारकर्मी, विधार्थी नेताहरु चलचित्र हेर्न उपस्थित थिए ।

तराई भेगमा जरो गाडेर बसेको दाइजो प्रथा विरुद्ध आवाज बुलन्द पारेको फिल्म ’भोर’ हेरेपछि पुर्व प्रधानमन्त्री नेपालले फिल्म अत्यन्तै राम्रो भन्दै सामाजिक विकृतिलाई उदाङ्गो पारेको बताए । सामाजिक चेतना जागरणको लागी धेरै नै उपयोगी भन्दै नेपालले समाजमा कलङ्कको रुपमा रहेको दाइजो प्रथा तथा महिलाप्रतिको विभेदलाई चित्रण गरिएकोले फिल्मलाई धेरै ठाउँमा पुर्याउनुपर्ने र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिए । यस्तै मधेशी नेता महतोले केहि हदसम्म हटेपनि हालसम्म पनि विद्धमान दाइजो प्रथा विरुद्ध जनचेतना जगाउन यो फिल्मले धेरै मद्धत गर्ने बोले । दाइजोको विरुद्धमा कानुन बनेको भएपनि सम्बन्धित निकायले गम्भिरताका साथ नलिँदै आएको भन्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन र दोषीलाई मात्र नभइ न्याय माग्न नजाँदा न्याय नदिने व्याक्तिलाई पनि कारबाहि गर्नुपर्ने महतोको राय थियो ।

यस्तै महिला नेतृ हिसिलाले महिला हिंसा बढ्दै गएको भन्दै महिला हिंसा गर्नेलाई मात्र नभइ राज्यसत्तालाई नै झापड हान्नुपर्ने भन्दै राज्यकै असक्षमताका कारण महिला समाजबाट अपहेलित हुनुपरेको र यो प्रकारको कथालाई प्रदामा ल्याएर उत्कृष्ट रुपमा प्रस्तुत गरेकोमा फिल्म निर्माण टिमलाई बधाइ दिइन् ।

चलचित्र हेरिसकेपछि डली सरकार, राम नारायण ठाकुर, पूजा कर्ण लगायतको कामको तारिफ धेरैले गरेको पाइएको थियो । निर्देशक यादवकुमार भट्टराइको कामलाई धेरैले तारिफ गरेका थिए । चलचित्र यसअघि सम्पन्न जनकपुर प्रिमियर तथा पोखरा र हेटौँडामा सम्पन्न विशेष प्रस्तुतीमा पनि स्थानिय दर्शकले प्रशंसा गरेका थिए । मुख्यतः फिल्मले उठाएको विषय र यसको प्रस्तुतीले धेरैको नजर तानेको छ । दाइजोलाई महिला हिंसा भन्दा पनि मानव हिंसाको रुपमा लिनुपर्ने फिल्म टिमको अभियानलाई पनि धेरैले स्वगतयोग्य मानेका छन् । राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथामा तयार फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन् ।  राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका फिल्ममा मुख्य अभिनयमा छन् । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको फिल्मको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ ।