बैशाख, बिराटनगर ।

डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देश व्यापीरुपमा आयोजना गर्न लागिएको नेशनलवाईड हैरान च्यालेन्ज राष्ट्रिय प्रतिभाको खोजी बैशाख २१ गते विराटनगरको शिक्षा दीप कलेजमा पहिलो अडिसन राउण्ड सञ्चालन हुने भएको छ ।

चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेलले बुधवार विराटनगरमा पत्रकार सम्मेलन मार्फत नेपाली युवा युवतिहरुको प्रतिभालाई प्रत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको बताएकी छन् । २० गते झापाको विर्तामोडवाट शुरु गरिने अडिसन २१ गते विराटनगर, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा र २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् । उत्कृष्ट प्रतिभावान व्यक्तिहरुले १ लाख नगद सहित डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने मौका डान्स फिवरकी संचालक तथा कार्यकारी निर्मात्री पोखरेलले जानकारी दिईन् ।

३ विधामा गरिने छनौटबाट प्रत्येक विधामा प्रथमहुने प्रतियोगिले नगद १ लाख र डान्स फिवरको व्यानरमा बन्ने चलचित्रमा सम्झौता गरिने छ । साथै हरेक विधाका १५ उत्कृष्ठ विजेताले जनही १० हजार नगद र डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा विधाअनुसारको मौका प्रदान गरिने छ । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै गितमा र अर्को आफुले नै छनौट गरेको गितमा २÷२ मिनेटमा आफ्नो प्रस्तुति दिईसक्नु पर्नेछ ।

प्रतियोगिताका निर्णायकको रुपमा चलचित्र हैरानका कलाकार निस्मा घिमिरे, स्वरुपराज आचार्य, निर्मल शर्मा, सत्यराज आचार्य र गम्भिर विष्ट रहने आयोजकले जानकारी दिएको छ ।

जेठ ४ देखि देशभरीका सबै सेनेमा घरहरुमा एक साथ चलचित्र हैरान प्रर्दशन हुने भएको छ । ७ वर्ष ३४० दिनको उमेरमा नेपाली सेनामाको निर्देशन गरेर गिनिज बुक अफ बर्ड रेकर्ड बनाएका सौगात बिष्टको हैरान दोस्रो चलचित्र हो । सौगातले ‘लभ यु बाबा’ पहिलो नेपाली चलचित्रको निर्देशन गरेका थिए । ‘हैरान’ नेपाली कथामा आधारित नेपाली सिनेमा हो । काम नपाएर सडकमा अल्लारे जिवन विताएर हैरान भएका युवाहरुको कथा बस्तुलाई सेनेमामा समावेश गरिएको छ । समग्रमा हैरान उत्कृष्ट नेपाली चलचित्र हो । र देशभरीका नेपालीहरुले एक पटक हैरान हेर्नै पर्ने गरी निर्माण गरिएको छ । भारतका किशन श्रीकान्तले ९ वर्षको उमेरमा हिन्दी सेनेमा निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए । त्यसलाई नेपाली निर्देशक सौगात विष्टले तोडेका छन् ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

१३ बैशाख २०७५, बिहीबार ०९:५१