बैशाख, काठमाडौं ।

चलचित्र ‘हैरान’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । शिर्ष गीत र टिजर सार्वजनिक गरिसकेको चलचित्र टिमले यो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा फिल्मका कलाकारहरु गजित विष्ट , निश्मा घिमिरे , बुद्धि तामाङ , सगर लम्साल र पुस्कर रेग्मी फिचर्ड छन् । सार्वजनिक ’हिरो’ गीतमा संगीत र स्वर राजन इशानको रहेको छ । गीतलाई गम्भीर विष्टले लेखेका हुन् ।

चलचित्रको कथा पनि उनकै भएकोले परिस्थिति अनुसारको गीत लेखेको उनले बताए । गीतमा कोरियोग्राफी पनि उनकै छ भने उनले पहिलो पटक गीत लेखेका हुन् । उनका अनुसार गीतमा आफुलाई हिरो मान्ने पात्रको मनोभावलाइ देखाइएको छ । जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।

डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

video: