एकल साँझ गर्दै टिका बोम्जन

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आफ्नो २१ बर्षको उमेरमै दुवै कर्मठ हातहरु गुमाउन पुगेपछि जीवनसँग लड्दै सांगीतिकक्षेत्रमा लागेका टिका बोम्जनले एकल साँझ गर्ने भएका छन् । आफ्नै आवाजमा ३ सय बढी गीत गाइसकेका बोम्जनले आउँदो जेठ २८ गते राजधानीको नेपाल आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउँसो १ बजे ‘टिका बोम्जन एकल सांगीतिक साँझ–२०७५’को आयोजना गरिएको बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइयो । एकल साँझमा बोम्जनले आफ्ना चर्चित गीतहरु गाउने छन् भने अन्य श्रष्टाहरु जसले बोम्जनले लेखेका गीत गाएका छन् उनीहरुले पनि प्रस्तुती दिने जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै गायक बोम्जनले नेपाली सेनामा भर्ना भएपछि देश र जनताको सेवा गर्नेक्रममा दुबैहात गुमाउन पुगेपछि डिप्रेशनमा गएको बताए । ‘पुरै ६ महिनाको समय अस्पतालको शैयामा छट्पटाएपछि जीवनमा संघर्ष गर्नुपर्छ भन्ने लाग्यो, धेरै रोएँ, सानैदेखीको चाहाना र आफुभित्र भएको प्रतिभा त्यसपछि सबैमाझ देखाउनुपर्छ भन्ने लाग्यो’, बोम्जनले भने । उनले दुबै हात नभएका अन्य जो प्रेरणाका स्रोत बनेका छन् उनीहरुको कामबाट शाहस मिलेको पनि बताए । ‘दुबै हात गुमाउनु भएका साहित्यकार झमक कुमारी, सगरमाथा चढ्नुभएका सुदर्शन गौतमहरुबाट प्रेरणा मिलेको छ’, उनले भने ।

कार्यक्रम हिमालयन नेपाली ईभेन्ट्स प्रा.ली.ले संयोजन गर्दैछ भने कार्यक्रमको जम्मा बजेट २२ लाख ७० हजार अनुमान गरिएको बताइयो ।

Press Meet – video: