सुदुरपश्चिम लाग्यो ‘रणवीर’ टिम

वैशाख, काठमाडौं ।

चलचित्र ‘रणवीर’ टिम उपत्यका छायांकन सकेलगत्तै सुदुरपश्चिम लागेको छ । यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थलमा चलचित्रको छायांकन भईरहेको निर्माण युनिटले जानकारी दिएको छ । द्धन्द्ध र सस्पेन्स कथामा निर्माण भएको यो चलचित्रमा ६५ प्रतिशत छायांकन उपत्यकामा र बाँकी बाहिर गरिने जनाइएको छ । उपत्यका बाहिर तीनसाताको छायांकन रहने चलचित्रका निर्माता दिपेन्द्र रेग्मीले जनाएका छन् । ‘अहिले हामी महेन्द्रनगरमा छौं, शुक्रबार देखि धनगढी तथा आसपासका क्षेत्रमा छायाँकन गर्नेछौ । फिल्मलाई राम्रो बनाउ कहिँ कतै सम्झौता गरेका छैनौ । फिल्मको दृश्य सहित दुई गीतको छायाँकन यहिँ गरेका छौ’, निर्माता रेग्मीले हिमालय टाइम्ससँग टेलिफोनमा कुरागर्दे भने । चलचित्रमा युवाको सघर्ष र उसको भोगाईलाई चित्रण गरिएको रेग्मीको भनाई छ ।

चलचित्रका कलाकार सुशील सिटौला, सुपुष्पा भट्ट, हरिहर शर्मा, जगदीश रिजाल लगायतको छायांकन भईरहेको छ । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । चलचित्रमा निर्माता रेग्मीसँगै गोमा विष्टले साझेदारी गरेकी छिन् । यी दुबै निर्माताले यो भन्दा अघि चलचित्र ‘गाँजाबाजा’ निर्माण गरिसकेका छन् ।

चलचित्रमा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडे, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । चलचित्रमा शुभेच्छा खड्काले डेब्यु गर्दैछिन् । महेश पौडेलको छायाँकन रहने चलचित्रमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् ।