सलमानको ‘रेस थ्री’ सुटिङ अगाडिनै १ सय ९० करोडमा बिक्रि

...

<pre style="text-align: justify; "><b>वैशाख, एजेन्सी । </b></pre><p style="text-align: justify; ">बलिउडका चर्चित अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र ‘रेस थ्री’ यसवर्षको इदमा प्रदर्शनमा आउने भएको छ । यस चलचित्रका निर्देशक रेमो डिसूजा हुन भने निर्माता सलमान खान र रमेश तैरानी हुन् ।<br></p><p style="text-align: justify; ">पिंकभिल्लाको रिपोर्ट अनुसार छायांकन अगाडिनै सो चलचित्र बिक्री भइसकेको छ । चलचित्रलाइ १ सय ९० करोड भारुमा चलचित्रका सहायक निर्माता रमेश तैरानीले बेचेका हुन । बताइएअनुसार इरोसले चलचित्र निर्मातालाई १ सय ९० करोड भारुमा यसलाई खरिद गर्ने अफर दिएका थिए । यसमा १ सय ६० करोड वर्ल्डवाइड डिष्ट्रिब्यूशन राइटसका लागि मिनिमम अमाउन्ट छ । चलचित्रका निर्माता र इरोसबीच अबको केही दिनमै सम्झौता गरीने र चाँडैनै यसको घोषणा गर्नेकुरा बताइएको छ । यशराज प्रोडक्शन, रिलायन्स र फक्स स्टूडियो पनि चलचित्रलाइ खरिद गर्नका लागि उत्साहित छन् ।</p><p style="text-align: justify; ">सलमानका लगायत यस चलचित्रमा ज्याकलिन फर्नान्डिज, बबी देओल, अनिल कपूर, साकिब सलिम, र डेजी शाहको पनि अभिनय रहेको छ ।</p>