ठुला भनिएका कलाकार किन आउँदैनन् अवार्ड बुझ्न ?

गोपिकृष्ण चापागाईं / वैशाख, काठमाडौं ।

गएको शनिबार राजधानीको अन्नपुर्ण होटलमा भब्य समारोहका बिच नेपाल म्युजीक अवार्डको पहिलो संस्करण सम्पन्न भयो । नेपाली गीतसंगीत तथा म्युजीक भिडियोका श्रष्टाहरुको उच्च कदरगर्दै प्रदान गरिएको अवार्ड समारोहमा ठुला बिधामा अवार्ड पाउने कलाकारहरु खासै देखिदैनथे । आफ्ना नजिकका कलाकारले अवार्ड पाउँदा खुसीको अनुहार र नपाउँदा ओँठ खुम्च्याउनेहरु पनि प्रसस्तै भेटिन्थे । नेपालकै चर्चित गायक तथा मोडलको रुपमा चिनिएका धेरै कलाकारहरु अवार्ड बुझ्न पुगेनन् । उद्घोषकले धेरैबेर कलाकारलाई अवार्ड बुझ्न स्टेजमा बोलाइरहँदा कलाकारको अनुपस्थिती भएकोले गीतको सम्बन्धित ब्यक्ति आइदिनुस भन्ने वाक्य प्रदान गर्देजाँदा धेरै बिधामा लागुभइरहेको थियो । आधुनिक तथा पप् तर्फका उत्कृष्ट गायक प्रमोद खरेल, गायिका अन्जु पन्त, उत्कृष्ट मोडल प्रियंका कार्की, अनलाइन पब्लिक अवार्ड पाएका पल शाह लगायतका चर्चित कलाकारहरुको अनुपस्थिती थियो ।

प्रियंका कार्कीको अवार्ड बुझ्न उनको तर्फबाट बिशाल भण्डारी पुगेका थिए । प्रियंका जी देश बाहिरै जानुभएको होर भन्ने आर्टिष्ट खबरको प्रश्नमा बिशालले देश भित्रै त्यो पनि राजधानी भित्रकै एक चलचित्रको छायांकनमा ब्यस्त भएको उत्तर दिए । किन आइनन् भन्ने प्रश्नमा उनलाई त्यो बिषयमा थाहा नभएको जानकारी दिए । चित्त बुझ्यो भने कलाकारहरु देश बाहिरबाट पनि अवार्ड बुझ्न आउँछन् तर देशभित्रै त्यो पनि राजधानी भित्रै हुँदा समेत प्रियंका अवार्ड बुझ्न आइनन् । केहिसमय अघिमात्रै सम्पन्न एनएफडिसी अवार्ड समारोहमा भने प्रियंका अवार्ड बुझ्न पुगेकी थिइन् । नेपाल म्युजीक अवार्डको समारोहमा सबैक्षेत्रका नेपाली गीतसंगीतलाई प्रतिनिधित्व गरिएको थियो तर लोक तथा दोहोरीगीत क्षेत्रका कलाकाहरुको उपस्थिती बढि देखिन्थ्यो ।

आँफुले अवार्ड नपाउँदा मन दुखाउँछन् कलाकार

अहिले अवार्ड समारोह सकिएसँगै सामाजिक सञ्जाल तिर कलाकारहरुको दुखेको देखिन थालिएको छ । आफुले अवार्ड नपाउँदा मन दुखाउने परम्पराबाट हुर्कदै आएका कलाकारहरुले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका भित्तामा असन्तुष्टिका शब्दहरु रंगाउने गरेको देख्दै आइएको थियो र अहिलेको यो अवार्डमा पनि यस्तै देखिएको छ ।

नेपाली लोकदोहोरी तर्फको उत्कृष्ट पाँच मोडल र कम्पनीको लिस्टमा पर्न सफल बिमल अधिकारीले फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् । अन्य कलाकारहरुले पाएको अवार्डलाई पनि उनले हाँसोमा उडाएका छन् भने उनको अर्को स्टाटसबाट गीतसंगीत नै नबुझेकाले अवार्डको जज् गरेको भन्न खोजेको बुझिन्छ ।  ‘डिग्री पढेको बिद्यार्थीको कपी आठ कक्षा फेल भएको मास्टरले चेक गरेर नतिजा कहाँ राम्रो आउला ? कुरो अवार्डको’, उनले फेसबुकमा लेखेका छन् ।

३८ बिधामा प्रदान गरिएको अवार्ड समितिका संयोजक शहदेव कोइरालाले भने अवार्ड निश्पक्ष भएको बताउँछन् ।