वैशाख, काठमाडौं ।

चलचित्र ‘झमक बहादुर’को ट्रेलर सोमबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । अनुपविक्रम शाहिको मुख्य भूमिका रहेको यो चलचित्रको प्रदर्शन मिति पछाडि सार्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । यसअघि जेठ ११ गते चलचित्र प्रदर्शन हुने भनिएको थियो भने अब आउँदो साउन १८ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।

प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, वितरक गोपाल कायस्थलगायतका अतिथिहरु रहका थिए । अतिथिहरुले चलचित्रलाई बधाई दिनुका साथै नेपाली चलचित्रका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

चलचित्रको ट्रेलर हेर्दा दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’को कथासँग मिल्न गएको देखिन्छ । यो बिषयमा भने चलचित्रका निर्देशक भोमन कटुवालले त्यस्तो नभएको बताउँछन् । कथाको केहि शैली मिल्न गएपनि हुबहु कथा नमिल्ने उनको तर्क छ । कार्यक्रममा सञ्चारकर्मि र निर्माणटिमसँग योबिषयमा केहिलामै बेर प्रश्नोत्तर भएको थियो ।

निर्माण टिमले नेपाली समाजको वास्तविक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमडी चलचित्र ‘झमक बहादुर’ भएको बताएका छन् । चलचित्रका निर्माता मिनकुमार तामाङ हुनु भने निर्देशन भोमन कटुवालको रहेको छ ।

चलचित्रको केही समय पहिला सार्वजनिक गीत ‘आमैले भन्थे धाराको पानी….’ दर्शक÷स्रोतामाझ लोकप्रिय हुँदैछ । यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको यो चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेत लगायत छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।

चलचित्रका गीतमा ओम सुनुवारको सङ्गीत, ओम सुनुवार, कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने गीतकार तिर्थ दामली (टुप्पी)को शब्द रहेको छ । प्रोडक्सन म्यानेजर राजु दाई रहेको चलचित्रका ट्रेलर डिजाइनर दीर्घ खड्का हुन् ।

Trailer: