मिष्टर नेपालमा चारजना छानिने

वैशाख, काठमाडौं ।

‘मिष्टर नेपाल’को मञ्चबाट अबदेखी चारप्रतियोगी छानिने भएका छन् । आयोजक एक्सपोज नेपालले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिएको छ । जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउने छन्, भने अन्यले अन्तराष्ट्रिय प्रतियोगीता क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागीता जनाउने छन् ।

राजधानीको होटल अन्नपुर्णमा मंगलबार आयोजित एक कार्यक्रममा ‘मिष्टर नेपाल’को नयाँ सिजन ‘मिष्टर नेपाल २०१८’को आवेदन समेत खुल्ला भएको जानकारी दिइयो । १८ बर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगीताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रममा बताइएको छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुदै आएको प्रतियोगीताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैह्रे, सुरज चिल्वाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायत  दर्जन बढी बिजेता चुनिसकेका छन् ।