साइली भन्दा पनि भाईरल भइदियो अशोक दर्जिको पहिलो गीत (भिडियो)

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौँ ।</b></pre><p style="text-align: justify; ">फेसबुक र युट्युवमा भाइरल भएका झापाको अशोक दर्जिको पहिलो गीत सार्वजनिक भएसँगै लोकप्रिय पनि बनेको छ । बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त गीत २४ घण्टा नपुग्दै झण्डै ९ लाख पटक हेरिएको छ । गीत रेकर्ड गरिएको दोश्रो सातापछि गीत सार्वजनिक गरिएको हो भने गीतमा टंक बुढाथोकीले साथ दिएका छन् । टंकको आफ्नै संगीत रहेको यो गीतको बिराज नेपालले शब्द लेखेका हुन् ।</p><p style="text-align: justify; ">अहिले भिडियो नेपालको युट्युव ट्रृन्डिंग नम्बर १ मा आउन सफल भएको छ । गीत अपलोड गरिएको पाँचघण्टा भित्रमै ट्रेण्डिङ पाँचको लिस्टमा बसिसकेको थियो । नेपाली गीतसंगीतको भिडियोहरु युट्युवमा यति छोटोसमयमा यतिधेरै पटक निकै कम हेरिन्छन्, यो भन्दा अघि कुनै–कुनै चलचित्रका गीत बाहेक अन्य गीतका भिडियोहरु यसरी छाटो समयमै धेरैपटक हेरिएको छैन । गतबर्ष गायक हेमन्त रानाको ‘साइली’ बोलको गीत पनि निकै भाइरल बनेको थियो । तर उक्त गीतपनि २४ घण्टासम्म पाँचलाख पटक सम्ममात्र हेरिएको थियो तर उक्त गीतभन्दा बढि १२ बर्षिय बालक अशोक दर्जिको गीत भाइरल बन्न पुग्यो । दर्जिसँग सम्बन्धित धेरै अन्तर्वाताहरुपनि धेरै पटक हेरिएका छन् ।&nbsp;</p><p style="text-align: justify; "><br></p><pre style="text-align: justify; "><b>दर्जिको गीतः
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/05VjIRaxQAU" width="640" height="360" class="note-video-clip"></iframe>\</pre><pre style="text-align: justify; "><b>दर्जिसँगको अन्तर्वाताः
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/Y4b9H1KQh-c" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>