राष्ट्रिय संगितकर्मि संघले गर्यो दर्जन बढि कलाकारका साथमा बृहत तिज कार्यक्रम (फोटो फिचर)

...

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघभदौ, काठमाडौं । नेपाली कलाकारको सम्मान र कलाको जर्गेना गर्दै अगाडि बढेको संस्था राष्ट्रिय संगितकर्मि संघद्धारा आयोजित बृहत तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । सोमबार बालाजु स्थित बालाजी व्यङ्क्येटमा भएको कार्यक्रममा दर्जन बढि कलाकारहरुको उपस्थिती रहेको थियो । दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रम साँझ करिब ७ बजेपछि मात्र सम्पन्न भएको थियो । नारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा गरीएको उक्त कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए ।

दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रम नयाँबसपार्कबाट पञ्चेबाजाको साथमा कलाकारहरुलाई स्वागत गर्दै बालाजु पुगेको थियो । कार्यक्रममा उपस्थित कलाकारहरुलाई सम्मान पनि गरीएको थियो । राष्ट्रिय संगितकर्मि संघले प्रत्येक बर्ष यसरीनै साँस्कृतिक कार्यक्रम गर्दै आएको र कलाकारहरुलाई सम्मान गर्ने गरेको कार्यक्रम संयोजक तथा कलाकार रमेश दुलालले आर्टिस्टखबर लाई बताए ।

sangit karmi sangh

कार्यक्रममा राष्ट्रिय संगितकर्मि संघमा आवद्ध कलाकारहरु त्यसैगरी संघ बाहिरका कलाकारहरुको उपस्थिती थियो । कार्यक्रमको प्रमुख आकर्षकको रुपमा रहेका कलाकारहरु गायक प्रकाश कटुवाल, गायिका श्री देवकोटाले आफ्नो पछिल्लो समय चर्चामा रहेको तिज गित गाएका थिए भने अर्का चर्चित गायक बिरही कार्कीले पनि पहिलो प्रस्तुतीको रुपमा आफ्नो पछिल्लो समयको चर्चित गित जुनकिरी गाएका थिए । त्यसैगरी चर्चित गायक नवराज घोराशैनी, राजेन्द्र कुमार कार्कीले पनि आफ्नो प्रस्तुतीले दर्शक हँसाउने र नचाउने काम गराएका थिए । साथमा जादुगर माधव त्रिपाटीले सबैका सामु एक जादुदेखाए चकित बनाए । त्यसैगरी फरक शैलीका कलाका अर्थात १७० भन्दा बढि चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले पनि आफ्नो मुखको कलालाई सबैसामु देखाएर चकित बनाए ।

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघसाथमा अन्य थुप्रै कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । गायक तथा गायिका अमृत खाती, चिजा लामा, भावना आचार्य, किसन गाहा मगर, कामना वली, जमुना संगम, रुबिना आचार्य, मिलन श्रेष्ठ, उमा श्रेष्ठ, मन्जु गौतम, राम थापा, शीशीर मनोजसींह धामी, समीर्ला श्रेष्ठ,  दीनेश लामा, सरोज लामिछाने, सन्तोष काफ्ले, धनकुमारी थापा, सरू, मोडल तथा गायक दुर्गेश थापा लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रममा प्रस्तुती दिएका धेरैजसो कलाकार राष्ट्रिय संगितकर्मि संघभित्रै पदाधिकारी हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका सभासद् जगदिश्वर नरसिंह केसीले पनि महिलाको चाड हरितालिका तिजको शुभकामना दिएका थिए साथै महिलाहरुको जिज्ञासाको पनि उत्तर दिएका थिए । सभासद् केसीले महिलाको हकअधिकारको बारेमा अहिलेको संबिधानमा बिशेष प्राथमिकतामा रहनुपर्ने भने बताएका थिए ।

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

birahi karki rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

madhav tripati // rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ

rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघ