जायरा छायांकनमा ब्यस्त नम्रता

वैशाख, काठमाडौ ।

नेपाली चलचित्रक्षेत्रमा कम चलचित्रमा देखिने नायिकाको सुचिमा पर्ने नम्रता श्रेष्ठ अहिले ‘जायरा’ चलचित्रको छायांकनमा ब्यस्त छिन् । करिब बर्षमा एक चलचित्र गर्ने नम्रताले आफु ‘जायरा’को टिमसँग छायांकनमा रहेको आफ्नो ट्विटरमार्फत एउटा तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी हुन् । तस्बिरमा नम्रताको नयाँ गेटअप देख्न सकिन्छ । नम्रताले केही यूवाहरुसँग एक्सन मुडको तस्बिर पोष्ट गरेकी छिन् । जुन पोष्टमा उनले ‘जायरा टिम’ भनेर लेखेकी छिन् ।

यो चलचित्रमा नम्रतालाई अरु चलचित्र भन्दा फरक गेटअपमा देख्न सकिन्छ । नम्रताले कपाल काटेकी छिन् । यो चलचित्रमा नम्रता बक्सिङ खेलाडीको भूमिकामा छिन् । नम्रताले यो चलचित्रको लागि आफ्नो शरीरको तौल पनि धेरै नै घटाएको देखिन्छ । चलचित्रमा उनलाई नायक अनुप विक्रम शाहीले साथ दिएका छन् ।