‘छक्का पन्जा ३’ छायांकन शुरु, फिल्ममा हुनेछन् दिपिका र पुष्पल पनि

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’ को छायांकन शुरु भएको छ । भक्तपुर सुर्यबिनायकस्थित गणेश मन्दिरमा शुक्रबार बिहान शुभ मुहर्त गरियो । दीपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्र टिमसँग नायिका दिपिका प्रसाई र नायक पुष्पल खड्का पनि गाँसिएका छन् भने दोस्रो संस्करणका सबैजसो कलाकार अटाएका छन् । चलचित्रमा दीपकराज गिरी, पुष्पल खड्का, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

एक कार्यक्रमका बिच मुर्हन गरिएको कार्यक्रममा निर्माता दीपकराजले पहिलो र दोस्रो संस्करणका सबै कलाकारलाई समावेश गर्न खोजेको बताए । साथै हाँस्य कलाकार सिताराम कट्टेललाइै निकै समावेश गर्नु भएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘धुर्मुस भाई सामाजिक कार्यमा निरन्तर लागिरहनुभएको छ । अहिले चलचित्रमा भन्दा देशका लागी धुर्मुस खाँचो छ त्यसैले धुर्मुसलाई चलचित्रमा ल्याउनु अन्याय हुनसक्छ ।’, दीपकले भने । यस्तै नायिका दिपिका प्रसाईले दीपक–दीपकाको ठुलो टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । यस्तै नायक पुष्पलले पनि चलचित्र ‘मंगलम’बाट रुवायो भन्नेहरुका लागी हँसाउने बताए ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको  ‘छक्का पन्जा ३’ मा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस चलचित्रको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ ।

कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ । ‘छक्का पन्जा ३’ को कथा दीपकराज आफैंले लेखेका हुन् । चलचित्र आगामी बिजया दशमीको छेकोमा प्रदर्शनमा आउने छ ।

video: