५१ औं दिनमा ‘शत्रु गते’

वैशाख, काठमाडौं ।

गएको वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ५१ औं दिनमा प्रवेश गरेको छ । बैशाख २९ गतेबाट प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको यो चलचित्र टिमको तर्फबाट शनिबार सफलताको खुसी बाढ्ने कार्यक्रम समेत आयोजना गरिएको थियो । यसअघिको ५१ दिन मनाएको अर्को चलचित्र ‘छक्का पञ्जा’ कै टिमपनि यो चलचित्रमा छन् ।

कार्यक्रममा चलचित्रका निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ ५१ औ दिन मनाउन पाएकोमा खुसी ब्यक्त गरे । भट्टराईलेनै निर्देशन गरेको यसअघिको चलचित्र ‘जात्रा’ले पनि ५१ औ दिन मनाएको थियो । चलचित्रका वितरक गोपाल कायस्थले नेपाली चलचित्रले पछिल्लो समय गुणस्तरमा ध्यान दिएकै कारण ५१ औ दिन मनाउन थालेको बताए । उनले ‘शत्रु गते’को कूल आम्दानी जोड्न बाँकी रहेको बताए । चलचित्रले प्रदर्शनको ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको बताइएको छ ।

चलचित्रले चौथो हप्तामा आफ्नो प्रदर्शन सुरु गर्दा १० करोड ग्रस कलेक्सन गरेको थियो ।  निर्देशक भट्टराईले सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताए । यस्तै, फिल्मका प्रस्तुतकर्ता किरण केसीले ५१ औं दिनमा पनि फिल्मलाई दर्शकको साथ कम नभएकोमा खुसी व्यक्त गर्छन् । चलचित्रले अहिलेपनि गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराहीलगायतका हलमा ५१ औं दिनमा पनि हाउसफुल रहेको निर्माणपक्षले बताएको छ । गुण सिनेमा हलमा यस फिल्मले इतिहासमै सर्वाधिक आम्दानी गरेको बुझिएको छ । चलचित्रले अष्ट्रेलियामा ४० र अमेरिकामा ५० शोसम्म पाउने नेपाली फिल्मको इतिहासमै यो पहिलो पटक हो ।

‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।