फेशन स्टोरमा प्रदीप

जेठ, काठमाडौं ।

युवा अभिनेता प्रदीप खड्का ब्रान्ड एम्बेस्डर रहेको ‘नोभेम्बर जिन्स नेपाल’ले राजधानीको दरबारमार्गमा अर्को शोरुम खोलेको छ । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस ब्राण्डले नेपाल भरिका बिभिन्न ठाउँमा शोरुम सञ्चालनमा ल्याएको छ ।

यसैबिच नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बेस्डर अभिनेता प्रदीपले शनिबार बिहान  उक्त शो रुमको उद्घाटन गरेका हुन् । रिबन काटिसकेपछि प्रदीपले ‘नोभेम्बर जिन्स नेपाल’को बारेमा बोल्नेक्रममा आफ्नो पहिलो रोजाईमा ‘नोभेम्बर जिन्स नेपाल’ नै पर्ने गरेको बताए । उनले नेपाली उत्पादनलाई ‘नोभेम्बर जिन्स नेपाल’ले प्राथमिकता दिनेभएकोले पनि सधै रोज्ने गरेको बताए । ‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ । अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ ।’, प्रदीपले भने ।

आफुले चलचित्र ‘प्रेम गीत–२’ र ‘लिली बिली’मा नोभेम्बरकै फेशन प्रयोग गरेको र सो क्रममा यो नेपाली ब्रान्डले आफ्नो मन जितेका कारण पनि ब्रान्ड एम्बेस्डर बन्दा गर्व लागेको पनि प्रदीपले बताए । नोभेम्बर जस्तो नेपाली ब्रान्डलाई हामीले प्रयोग गरेर मुलुकको उत्पादन सफल र हामी फेशनमा आत्म निर्भर हुने पनि यी अभिनेताको भनाई छ । पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १ सय ३० ओटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको नोभेम्बर जिन्स नेपालका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानले बताए ।

न्यौपानेलेले आगामि दिनमा महिलाहरुका लागी पनि नोभेम्बरले फेशनका प्रकारहरु निकाल्नेमा सोच राखेको बताए । सञ्चारकर्मिहरुले प्रदीपका बढी केटी फ्यान छन् तर केटाहरुका लागी भयो नि भन्ने प्रश्नमा न्यौपाने भन्छन्, ‘हो यो कुरा हामीले पनि महसुस गरेका छौं तर हाम्रो टिमले यो कुरा सोचिसकेका छौं र छिट्टै नै महिलाहरुका लागी पनि बिभिन्न कपडाका प्रकारहरु बनाउने छौं ।’