अनुरागको यस्तो साथी

अनुरागको यस्तो साथी

जेठ, काठमाडौं । चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक गरिएको छ । सञ्चारकर्मि ऋषि धमलाको प्रस्तुती र उनकी पत्नी एलिजा गौतमको मुख्य भूमिका रहने गरी निर्माण भएको यो चलचित्रमा समावेश ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा  सत्यराज यस आर सीको शब्द, सरोज पोख्रेलको संगीत तथा सुगम पोख्रेल र अन्जु पन्तको स्वर छ भने गीतको भिडियोमा एलिजा र समुन्द्र पण्डितलाई देख्न सकिन्छ ।

बिक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । किरण दाहालको कथामा बनेको चलचित्रमा राम कुमार केसीको छायांकन, सत्यराज चौलागाईं र आगत केसीको संवाद र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्रका निर्माताहरु भरत गौतम र गीता भेटवाल हुन्। सत्यराज चौलागाईको निर्देशनमा तयार भएको चलचित्रमा एलिजा र समुन्द्रसँगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना मोहोन निरौला बिस्व बस्नेत, कमल कान्त मैनाली, बिद्या भट्टराई, दावा लामा लगायतको अभिनय छ ।