ज्योति साहित्य प्रतिष्ठानको कविता वाचन

जेठ, काठमाडौं ।

मासिक रुपमा ज्योति साहित्य प्रतिष्ठानले गर्दै आएको कविता वाचनको श्रृंखलालाई निरन्तरता दिँदै १४१ औँ कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।  शुक्रबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि डा. रामदयाल राकेशले आफ्नो विचार राख्दै नेपाली कविता विश्व कविताको स्तरमा पुगेको बताए । राकेशले नेपाली र हिन्दी भाषाका कवितामा तुलना गरेका थिए । उनका अनुसार नेपाली भाषाका कविताहरु हिन्दी भाषाका भन्दा धेरै बनेका छन् ।

प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहको सभापतित्वमा सम्पन्न सो मासिक कार्यक्रममा डा. विदुर चालिसे, डा. शान्तिमाया गिरी, प्राडा गोविन्दमान सिंह, पुष्कर लोहनी, डा. जीवन अधिकारी, जयबहादुर चन्द, सूर्य बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा महेश रिजाल, मुकुन्द न्यौपाने, राजबाबु श्रेष्ठ ‘सागर’, उषा आचार्य, पुष्पा धमला, रविन्द्र आशिष ‘शैली’, प्रकाश बस्नेत ‘गफाडी’, युवराज अधिकारी, जनार्दन अधिकारी ‘धड्कन’, निबन्ध आचार्य, उद्धवप्रसाद भट्टराई, रुद्र अधिकारी, चन्द्रकला आचार्य, गंगा आचार्य, दिपक धमला, दिपक चौलागाईँ, उपा शंकर, गुप्त ब. श्रेष्ठ, दिनेश विक्रम थापा, संगीता ठाकुर, दुर्गा तिवारी, बिमला दाहाल लगायतले कविता, गीत गजल र मुक्तक वाचन गरेका थिए ।