पोष्टरमा जय शम्भु

जेठ, काठमाडौं ।

आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय शम्भु’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकारलाई फिचर गर्दै निर्माण टिमले दुई पोष्टर सार्वजनिक गरेको हो । नेपाली चलचित्रक्षेत्रमा पछिल्लो समय रुचाइएका दुई खलनायक प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीको मुख्य भूमिका छ । चलचित्रमा नायिका बर्षा शिवाकोटी नायक अनुप बिक्रमको प्रेममा हुन्छिन् भने प्रशान्त चलचित्रका खलनायक हुन् ।

सार्वजनिक पोष्टरमा पनि यी तीन कलाकारलाई देख्न सकिन्छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन दोखाईएको छ । जसमा बर्षालाई साक्षि बनाईएको छ । यस्तै अर्को पोष्टरमा अनुप विक्रम शाही र बर्षा शिवाकोटीको लभ रोमान्स देखाईएको छ ।

चलचित्र निर्माणको क्रममा बजेट सोचेभन्दा बढी नै लागेको निर्माण टिमले जनाएको छ । चलचित्र राजधानीमा बिके फिल्मस्का गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् । यस्तै राजधानीको लागि बिके फिल्स्सँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् । यो चलचित्रबाट जयन श्रेष्ठले वितरणमा हात हाल्न लागेका हुन् । दिनेश शाही प्रस्तुत कर्ता रहेको ‘जय शम्भु’मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् ।

चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । यस्तै चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । पछिल्लो समय फिल्म क्षेत्रमा एक्शनको रुपमा आस देखाईएका दुई कलाकार प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीका कारण पनि जय शम्भुको प्रचार फिल्म क्षेत्रमा तिव्र भएको छ ।

चलचित्रका निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारी गराईएको छ । चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आिदको मूख्य भुमिका रहेको छ ।