चलचित्र ‘ब्ल्याक’को प्रदर्शन मिति सर्यो

जेठ, काठमाडौँ ।

११ जेठबाट प्रदर्शनमा  आउने भनिएको चलचित्र  ‘ब्ल्याकको' प्रदर्शन मिति सरेको छ । उक्त चलचित्रको प्रदर्शन भदौ १ मा हुने भएको छ  । निर्माण युनिटको भनाइ अनुसार  केही प्राविधिक समस्याका कारण चलचित्र सारिएको हो । मौनता श्रेष्ठको कथा, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्धन्द्ध, रामशरण उप्रेतीको छायाँकन, रहेको चलचित्र प्रेमकथाको बिषयमा निर्माण भएको हो ।

आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको चलचित्रमा आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । आँचल र आकाश बाहेक यस चलचित्रमा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल समेतको मुख्य भूमिका रहेको छ । अर्जुन जिसीको सम्पादनमा रहेको चलचित्रलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । उक्त चलचित्रको बितरण जिम्मा उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले लिएका छन् ।