‘यात्रा’को छायांकन शुरु

जेठ, काठमाडौं ।

चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को छायांकन शुरु गरिएको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट सुरु भएको हो । पहिलो दिन चलचित्रको शीर्ष गीतको छायांकन गर्दै टोलि सोलु निस्किएको छ । केहिदिन अघिमात्रै राजधानीस्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको थियो ।

युनिट गीत छायांकन गर्दै सोलु पुग्नेछ भने त्यहाँ झन्डै ३ साता चलचित्रको छायांकन हुनेछ । सोलुको जुनबेसी, फाप्लो, सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन ।

दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।

तस्बिरः आर्यन बिमली