<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> यहि आउँदो असार २९ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिमी पुलिस म नि पुलिस’ बोलको गीतमा चलचित्रका दुई मुख्य कलाकार अनुप विक्रम शाही र शिल्पा पोखरल प्रहरी भेषमा देखिएका छन् । काठमाडौंमा सम्पन्न डि सिने अवार्ड समारोहको बिचमा ‘विराङ्गाना’ टिमले सार्वजनिक गरिएको हो । गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । <br></p><p style="text-align: justify; ">एक्शन जनराको नारी प्रदान चलचित्रमा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । ‘वीराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । ‘चलचित्रमा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । <br><pre><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/4bhxltGdeIo" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre></p>






११ जेष्ठ २०७५, शुक्रबार ०९:२३ 








