जेठ,काठमाडौं ।

डि सिने अवार्डमा सर्वाधिक अवार्ड पाउने र लामो समयसम्म सक्रियता कायम राख्ने दश सर्जक सम्मानित भएका छन् । छायाँछवि मिडियाले आयोजना गर्दै आएको डिसिने अवार्डको दशैं संस्करणमा दश व्यक्तिलाई सम्मान गरिएको हो ।

शुक्रबार आयोजना गरिएको कार्यक्रममा दशकका उत्कृष्ट नायक–नायिकामा आर्यन सिग्देल र रेखा थापाले अवार्ड पाउन सफल भए यस्तै ‘नाईं नभन्नू ल’ को सबैभन्दा धेरै सिरिज बनाएर नेपाली चलचित्र क्षेत्रमा इतिहास कायम गरेका निर्देशक विकास आचार्यलाई दशकका निर्देशकको अवार्ड प्रदान गरियो । दशकका निर्माताको अवार्ड निर्माता छविराज ओझाले पाए ।

यस्तै लेखक शिवम अधिकारी, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकार अर्जुन पोखरेललाई दशकका अवार्ड प्रदान गरियो । द्धन्द्ध निर्देशक चन्द्र पन्त, डान्स डिरेक्टर कविराज गहतराज र सम्पादक विपिन मल्ल दशकका अवार्ड विजेतामा पर्न सफल भए । कार्यक्रममा फिल्म ‘डा।खाते’ र ‘माई लभ’ लाई विशेष सम्मान गरियो । डि सिने अवार्ड दशकका कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, नायिका रेजिना उप्रेती, नीता ढुंगाना, वरिष्ठ अभिनेत्री बसुन्धरा भूषाल, चैत्यदेवी सिंह लगायत उपस्थित थिए ।

१३ जेष्ठ २०७५, आईतवार ०५:२६