जेठ, काठमाडौं ।

नाटक ‘अश्वेत’ यहि जेठ ८ गतेदेखी राजधानीको राष्ट्रिय नाँचघर जमलमा मञ्चन भइरहेको छ । नारिको आवाज अनी नारी प्रतिको सामाजिक दृष्टिकोणलाई समेटेर तयार पारिएको यस नाटकमा युगौदेखीको महिला हिंसालाई उठाइएको छ ।

नारी चेतानाकी प्रथम दिव्य आभा हुन् भनेर नारी पुज्ने हाम्रो समाजमा युगौ देखि अहिले २१ औ शताब्दी सम आइपुग्दा पनि महिला हिङ्सा दिनप्रती दिन झन झन किन बढ्दै छ ? नारी अर्धब्रम्ह हुन भने युगौ देखि एक पाङ्ग्रे रथ कुदाउने, एक हातले ताली बजाउने, एकहोरो रोटी पकाउने जस्ता अभ्यासहरु यो समाजले किन गर्दै छ ? अझै पनी नारिले आफ्नो आवाजको लागि कतिन्जेल संघर्ष गर्नु पर्ने ? कतिन्जेल नारीले आफ्नो अस्तित्वको लागि अग्नी परीक्षा दिईरहनु पर्ने ? यस्ता प्रश्नका उत्तर नाटकबाट पाइने छ ।

राम के ए सी को निर्देशन र लेखन रहेको यस नाटकमा अमृता खनाल, प्रदिप बास्तोला, एलिजा अधिकारी, शिक्षा के सी, दिलिप खड्का, तिर्सना राइ, किरण चापागाईं, शिव प्रसाद अधिकारी र बिज्ञान गजुरेलको अभिनय रहेको छ । नाटकको पहिलो शो मन्चन सकिय लगतै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, नाट्यकर्मी विजय बिष्फोट र बिरेन्द्र हमालले खुलेरै नाटकको प्रसंसा गरेका थिए । नाटक जेठ १९ गते सम्म मन्चन हुनेछ ।