‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो

जेठ, काठमाडौ

यही शुक्रबार जेठ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र  ‘बेबी आइ लभ यू’ को नयाँ  गीत सार्वजनिक गरिएको छ । 'कहानी तेरो र मेरो' बोलको गीत निकै रोमान्टिक रहेको छ । उक्त गीतमा सुज्यम नेपाली र नायक सन्तोष खड्गीको स्वर छ भने शब्द र संगीत पनि सन्तोषकै रहेको छ  ।  भिडियो सरोज अधिकारीले कोरियोग्राफी गरेका हुन  । उक्त भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचरिंग छन् भने सुरज आचार्यको सिनेम्याटोग्राफी छ ।

सन्तोषको कथा रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका भने  शिव न्यौपानेले निर्माण गरेका हुन् ।

लभ स्टोरी फ्लेवरको ‘बेबी आइ लभ यू’मा सन्तोष र पूजा लगायत सरोज खनाल तथा निर्मल शर्माको अभिनय रहेको छ ।

यतिबेला ‘बेबी आइ लभ यू’ टिम चलचित्रको प्रचार प्रसारमा निकै व्यस्त छन् ।