प्रदिप–जसिताको जोडी फेरी पर्दामा

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">पछिल्लो समय रुचाइएको नायक प्रदीप खड्का र नाकिया जसिता गुरुङको जोडी फेरी पर्दामा देख्न पाइने भएको छ । प्रदिपले वितरक गोविन्द शाहीसँग मिलेर निर्माण गर्न लागेको चलचित्र ‘लभ स्टेशन’ मा उनीहरु एकसाथ देखिने भएका हुन् । गोविन्द प्रदीपको पछिल्लो चलचित्र ‘लिलिबिली’का निर्माता हुन् । उनीहरु यसैचलचित्रबाट नजिक भएका थिए । यस्तै, प्रदिप र जसिताको जोडीलाई पनि दर्शकले रुचाएका थिए । अब नयाँ चलचित्र उज्जवल घिमिरेले निर्देशन गर्ने बताइएको छ ।</p><p style="text-align: justify; ">यो चलचित्रको छायांकन नायक प्रदिप खड्काले ‘रोजी’को छायांकन सकेपछि सुरु हुनेछ । चलचित्रलाई फागुनको २४ गते रिलिज गर्ने समेत तयारी गरिएको छ । पूर्ण रुपमा लभ स्टोरी कथामा चलचित्र बन्नेछ । चलचित्रमा २ नायिकाको आवश्यकता पर्ने भएकाले १ जनाको खोजी भइरहेको छ । शाहीका अनुसार चलचित्रका लागी जसिता र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भइरहेको छ । तर दुबै जना फाइनल नभएको उनले बताएका छन् । चलचित्र कमेडी, पारिवारिक र लभ स्टोरी कथामा बन्नेछ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><br></p>